पुस २७ को बृहत भेलामा उपस्थित हुन सबै तरुण जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यहरूलाई निम्तो
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङ पुस २७ गते बृहत भेलाको आयोजना गरिएको भन्दै तरुण दलका सबै जिल्ला कार्यसमितिहरूलाई निम्तो पठाएका छन् ।
शुक्रबार तरुण दलका जिल्ला अध्यक्षहरूलाई सम्बोधन गरेर पुस २७ गते नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा हुन लागेको सम्पूर्ण भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको बृहत भेलामा उपस्थित हुन तरुण अध्यक्षहरूलाई आग्रह गरेका हुन् । बृहत भेलामा सहभागी हुन अध्यक्ष गुरुङले तरुण दलका केन्द्रीय सदस्यहरूलाई पनि निम्तो गरेका छन् ।
‘प्रस्तुत विषयमा २०८३ साल वैशाख २८, २९, ३० र ३१ गते हुने १५औं महाधिवेशन र २०८२साल फागुन २१ गते हुन गइरहेको आम निर्वाचनलाई ध्यानमा राख्दै नेपाल तरुण दलको समन्वयमा हुने नेपाली कांग्रेसका सम्पूर्ण भ्रातृ र शुभेच्छुक संस्थाहरूको बृहत भेलामा उपस्थितिका लागि नेपाल तरुण दलका सम्पूर्ण जिल्ला अध्यक्षहरूलाई अनुरोध गरिन्छ । साथै त्यस जिल्लाबाट काठमाडौं आई बसोबास गर्नु हुने सम्पूण तरुण साथीहरूलाई उक्त भेलामा उपस्थित हुन समेत जानकारी गराउन अनुरोध गरिन्छ,’ अध्यक्ष गुरुङले भनेका छन् ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपामा पुस २७ गते बिहान ११ः३० बजे बृहत भेला हुनेछ । भेलालाई शुभेच्छुक र भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूले सम्बोधन गर्नेछन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया