कांग्रेस विभाजन गर्ने गगन–विश्वको गतिविधिमा लुम्बिनीका जिल्लाहरूले साथ दिएनन्, विपक्षमा दुईतिहाई
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अबैधानिक विशेष महाधिवेशनको पक्षमा लुम्बिनी प्रदेशका १२ जिल्लाबाट १९६ जना महाधिवेशन प्रतिनिधिहरू मात्रै खुलेका छन् ।
लुम्बिनी प्रदेशमा ६५२ महाधिवेशन प्रतिनिधि छन् । त्यसमध्ये गगन–विश्वको कांग्रेस विभाजन गर्ने अबैधानिक विशेष महाधिवेशनको पक्षमा जम्मा १९६ जना खुलेका हुन् । त्यसमा पनि हस्ताक्षर फिर्ता लिने क्रम जारी छ । अझै यो संख्या घट्नेछ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा ४५६ जना महाधिवेशन प्रतिनिधिहरू नियमित १५औं महाधिवेशनको पक्षमा उभिएर कांग्रेसलाई विभाजन हुनबाट बचाएका छन् ।
शुक्रबार बिहानसम्मको तथ्याङ्क अनुसार लुम्बिनी प्रदेशमा र्ने नवलपरासी जिल्लामा कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूको संख्या जम्मा संख्या–५२ रहेको छ । अबैधानिक विशेष महाधिवेशनको पक्षमा १२ जना खुलेका छन् । नियमित महाधिवेशनको पक्षमा ४० जना रहेका छन् ।
रूपन्देही जिल्लामा जम्मा संख्या–१२५ महाधिवेशन प्रतिनिधि छन् । उनीहरूमध्ये अबैधानिक विशेष महाधिवेशनको पक्षमा ४६ जना खुलेका छन् । नियमित महाधिवेशनको पक्षमा ७९ जना रहेका छन् ।
गुल्मी जिल्लामा ५० जना महाधिवेशन प्रतिनिधि छन् । अबैधानिक विशेष महाधिवेशनको पक्षमा २६ जना खुलेका छन् । नियमित महाधिवेशनको पक्षमा २४ जना रहेका छन् ।
पाल्पा जिल्लामा ५० जना महाधिवेशन प्रतिनिधि छन् । अबैधानिक विशेष महाधिवेशनको पक्षमा १२ जना खुलेका छन् । नियमित महाधिवेशनको पक्षमा ३८ जना रहेका छन् ।
अर्घाखाँची जिल्लामा २५ जना महाधिवेशन प्रतिनिधि रहेकोमा अबैधानिक विशेष महाधिवेशनको पक्षमा १४ जना खुलेका छन् । नियमित महाधिवेशनको पक्षमा ११ जना रहेका छन् ।
कपिलवस्तु जिल्लामा ७५ जना महाधिवेशन प्रतिनिधि छन् । अबैधानिक विशेष महाधिवेशनको पक्षमा १३ जना खुलेका छन् । बाँकी ६२ जना नियमित महाधिवेशनको पक्षमा छन् ।
दाङ जिल्लामा ७५ जना महाधिवेशन प्रतिनिधि छन् । अबैधानिक विशेष महाधिवेशनको पक्षमा जम्मा ७ जना मात्रै खुलेका छन् । बाँकी ६८ जना नियमित महाधिवेशनको पक्षमा छन् ।
रोल्पा जिल्लामा २५ जना महाधिवेशन प्रतिनिधि छन् । अबैधानिक विशेष महाधिवेशनको पक्षमा २१ र नियमित महाधिवेशनको पक्षमा ४ जना रहेका छन् । रोल्पा जिल्ला लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनको गृहजिल्ला पर्छ । सभापति पुन महामन्त्रीद्वय गगन–विश्वको अबैधानिक विशेष महाधिवेशन र कांग्रेस विभाजनको अभियानमा सक्रिय भएर लागेका छन् ।
सभापति पुन कांग्रेस विभाजनको गतिविधिमा लागे पनि लुम्बिनीका १२ जिल्लाहरू उनको गतिविधिको विपक्षमा उभिएका छन् । यो तथ्याङ्कसँगै सभापति पुन एक्लिएका छन् ।
पूर्वी रूकुम जिल्लामा २५ जना महाधिवेशन प्रतिनिधि छन् । यो जिल्लामा अबैधानक विशेष महाधिवेशनको पक्षमा २० जना खुलेका छन् । नियमित महाधिवेशनको पक्षमा ५ जना रहेका छन् ।
प्यूठान जिल्लामा २५ जना महाधिवेशन प्रतिनिधि छन् । त्यसमध्ये गगन–विश्वको अबैधानिक विशेष महाधिवेशनको पक्षमा जम्मा ३ जना खुलेका छन् । बाँकी २२ जना महाधिवेशन प्रतिनिधि नियमित महाविधेशनको पक्षमा छन् ।
बर्दिया जिल्लामा ५० जना महाधिवेशन प्रतिनिधि रहेका छन् । अबैध विशेष महाधिवेशनको पक्षमा जम्मा ५ जना खुलेका छन् । नियमित महाधिवेशनको पक्षमा ४५ जना रहेका छन् ।
बाँके जिल्लामा ७५ जना महाधिवेशन प्रतिनिधि छन् । अबैधानिक विशेष महाधिवेशनको पक्षमा १७ जना खुलेका छन् । नियमित महाधिवेशनको पक्षमा ५८ रहेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया