अन्य नेताहरूप्रति विश्वास नलागेपछि गगनले दिए कान्छो ससुरालाई विशेष जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अरु नेताहरूप्रति विश्वा नलागेपछि आफ्नो कान्छो ससुरा जगदीश्वर नरसिंह केसीलाई ‘जनपरिचालन एवम् जुलुस व्यवस्थापन समिति’को संयोजक बनाएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर गगनका कान्छो ससुरा केसीले विभिन्न कार्यक्रमहरू सार्वजनिक गरेका छन् । कांग्रेस विभाजन गर्ने ज्वाइँ महामन्त्री थापाको अभियानमा कान्छो ससुरा पनि सहभागी बनेका छन् ।

जनपरिचालनमा अन्य नेताहरूले व्यवस्थापनमा लापरबाही गर्ने सम्भावना र अरु नेताहरूको विश्वास नलागेपछि थापाले ससुरालाई सो जिम्मेवारी दिएका छन् ।

केही दिन अगाडि कांग्रेसले बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीमा महामन्त्री थापाले आफ्ना ससुरा अर्जुन नरसिंह केसीको नाम खस, आर्यतर्फ पहिलो स्थानमा राखेका थिए ।

Published : Friday, 2026 January 9, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया