अबैधानिक विशेष महाधिवेशनको विपक्षमा काठमाडौंका १० मध्ये ७ क्षेत्रीय सभापतिहरू, आफ्नै जिल्लामा गगन अल्पमत
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको नामबाट अबैधानिक भेला आह्वान गरेका बेला नेपाली कांग्रेस, काठमाडौंका ७ क्षेत्रीय सभापतिहरू नियमित महाधिवेशनको पक्षमा उभिएका छन् ।
शुक्रबार ७ जना क्षेत्रीय सभापतिहरूले संयुक्त वक्तव्य जारी गरेर फागुन २१ को निर्वाचन र नियमित महाधिवेशनमा केन्द्रित हुन आग्रह गरेका हुन् ।
काठमाडौंका १० मध्ये सात क्षेत्रीय सभापतिहरू नियमित महाधिवेशनको पक्षमा उभिएका हुन् । गृहजिल्ला काठमाडौंमै विशेष महाधिवेशन आह्वान गरेका महामन्त्री थापा अल्पमतमा परेका छन् ।
काठमाडौं महानगरपालिका कार्यसमितिका सभापति नीलकाजी शाक्य पनि नियमित महाधिवेशनको पक्ष खुलेका छन् । शाक्यसँगै सात क्षेत्रीय सभापतिहरूले संयुक्त विज्ञप्ति जारी गरेर विशेष महाधिवेशन पार्टी हितमा नरहेको बताएका छन् ।
संयुक्त विज्ञप्ति जारी गर्नेमा काठमाडौं–२ का सभापति कवीर शर्मा, काठमाडौं–५ का सभापति श्यामबहादुर खड्का, काठमाडौं–६ का सभापति श्यामकृष्ण खड्गी, काठमाडौं–७ का कावा सभापति नवीन मानन्धर, काठमाडौं–८ का सभापति राजेश श्रेष्ठ, काठमाडौं–९ का सभापति जयकृष्ण महर्जन, काठमाडौं–१० का सभापति पुकार महर्जन र काठमाडौं महानगर सभापति नीलकाजी शाक्य रहेका छन् ।
काठमाडौं–१, ३ र ४ का क्षेत्रीय सभापतिहरू भने महामन्त्रीद्वय थापा र शर्माको अबैधानिक विशेष महाधिवेशनको नाममा हुन लागेको भेलाको पक्षमा खुलेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया