विशेष महाधिवेशन भनेर कांग्रेस विभाजनको गतिविधिमा लागेका मनोनीत केन्द्रीय सदस्यहरूलाई बर्खास्त गर्दै
काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पार्टी विभाजनको गतिविधिमा संलग्न भएका नेपाली कांग्रेसका मनोनीत विभिन्न निकायका पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई बर्खास्तको तयारी भएको छ ।
सभापति शेरबहादुर देउवाद्वारा मनोनीत गरिएका ती केन्द्रीय सदस्यहरू जो पार्टी विभाजनको गतिविधिमा लागेका छन् उनीहरूलाई जिम्मेवारीबाट हटाउन लागिएको उच्च स्रोतले जनाएको छ ।
भरत शाहसहितका केही मनोनीत केही केन्द्रीय सदस्यहरू महामन्त्रीद्वय थापा र शर्माद्वारा विधान विपरीत बोलाइएको अबैधानिक भेलामा सहभागी हुन गतिविधि गरिरहेका छन् । ती मनोनीत केन्द्रीय सदस्य र अन्य विभिन्न नियकामा मनोनीतहरूलाई जिम्मेवारीबाट बर्खास्तको तयारी भएको स्रोतले जनाएको छ ।
महामन्त्रीद्वय थापा र शर्माको विशेष महाधिवेशनको नाममा भइरहेको पार्टी विभाजनको गतिविधिमा लाग्ने मनोनीतहरूको सूची कांग्रेस नेतृत्वले तयार पारेको छ ।
कांग्रेसले पार्टीको विधान विपरीत हुने कुनै पनि गतिविधि नगर्न र सहभागी नहुन अपील गरिसकेको छ । अटेर गरेर त्यस्ता गतिविधिमा संलग्न हुने मनोनीत केन्द्रीय सदस्य र अन्य पदाधिकारीहरूलाई कांग्रेसले हटाउन लागेको हो ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया