कांग्रेस फुटाउन विशेष महाधिवेशनको नाममा अबैध भेला बोलाएका गगन–विश्वसँग सम्वाद गर्न अपील
काठमाडौं । नेपाली कांग्रेसका संस्थापन समूहका केन्द्रीय सदस्यहरूले पार्टीको विधान विपरीत विशेष महाधिवेशनको नाममा बोलाएको अबैधानिक भेलाका पक्षधरसँग संवाद गर्न अपील गरेका छन् ।
सभापति शेरबहादुर देउवा निकट मानिने २५ केन्द्रीय सदस्यहरूको तर्फबाट महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहसँग सम्वाद गर्न अपील गरिएको हो । फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभाको निर्वाचनलाई मध्यनजर राखी कांग्रेसलाई निर्वाचनमा जनताको विश्वसनिय र थप भरोसा योग्य पार्टी बनाउन जरूरी रहेको उनीहरूले जनाएका छन् ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘यस परिवेशमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ । अतः माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भइ कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपिल गर्दछौं ।’
परिवर्तन र रूपान्तरणका मुद्दालाई अंगाल्दै नयाँ सोच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने उनीहरूले जनाएका छन् ।
केन्द्रीय सदस्यले पार्टी नेतृत्वलाई संवाद र सहमति गरी बृहत् एकताबद्ध तरिकाले कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न अपील गरेका हुन् ।
‘नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरी लिखित निवेदन दर्ता गरिसकेको अवस्था छ,’ उनीहरूले अपीलमा लेखेका छन् ।
‘माग गर्ने प्रतिनिधिहरूको मतको सम्मान गर्दै आगामी निर्वाचनलाई मध्यनजर गरी नयाँ ऊर्जा र सोचका साथ निर्वाचनमा होमिन संवाद र सहमति गरी बृहत् एकताबद्ध भई कांग्रेसको पक्षमा परिणाममुखी वातावरण निर्माण गर्न नेतृत्व तहलाई हार्दिक अपील गर्दछौँ,’ केन्द्रीय सदस्यहरूले भनेका छन् ।
केन्द्रीय सदस्यहरूले २०८२ साल फाल्गुण २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनलाई मध्यनजर राखी कांग्रेसलाई निर्वाचनमा जनताको विश्वसनीय र थप भरोसा योग्य पार्टी बनाउन पनि आग्रह गरेका छन् ।
परिवर्तन र रूपान्तरणका मुद्दालाई अङ्गाल्दै नयाँ सोंच र दृष्टिकोणका साथ निर्वाचनमा जानुपर्ने अपीलमा उल्लेख छ ।
अपील जारी गर्ने केन्द्रीय सदस्यहरूमा आङगेलु शेर्पा, डा.डिला संग्रौला पन्त, उदयशम्शेर राणा, अर्जुन जोशी, पुष्पा भुसाल, राजेन्द्र केसी, देवेन्द्रराज कँडेल, नानु बास्तोला लगायतका केन्द्रीय सदस्यहरू छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया