कांग्रेस कार्यबाहक सभापति खड्काको विशेष पत्रकार सम्मेलन स्थगित
काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको आकस्मिक विशेष पत्रकार सम्मेलन स्थगित भएको छ ।
शुक्रबार बिहान प्रेस विज्ञप्ति जारी गरेर केन्द्रीय कार्यालय, सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलले पत्रकार सम्मेलन स्थगित भएको जानकारी दिएका छन् । ‘नेपाली कांग्रेसद्वारा आज शुक्रबार २०८२ पौष २५ गते दिउँसो १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको व्यहोरा यसै विज्ञप्ति मार्फत् सबैलाई जानकारी गराइन्छ ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विधान विपरीत कांग्रेस विभाजन गर्न पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशनको नाममा अबैधानिक भेलाको आयोजना गर्न लागेका छन् ।
सो विषयमा धारणा सार्वजनिक गर्न कार्यबाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्न लागेका थिए । कांग्रेसले अर्को सूचनामार्फत पत्रकार सम्मेलनका विषयमा जानकारी गराउने जनाएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया