आई.एम.ई. लाइफ, ताहाचलद्वारा एमडीआरटी दिलमाया सम्मानित
काठमाडौं । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, ताहाचल शाखाले आफ्नो शाखामा आबद्ध अभिकर्ता श्रीमती दिलमाया राईलाई सम्मान गरेको छ ।
राईले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित उपाधि एमडीआरटी २०२६ हासिल गर्न सफल भएकी छिन् । शाखाले विशेष कार्यक्रम आयोजना गरी राईलाई सम्मान गरेको हो ।
राई पेशागत रूपमा काठमाडौं मोडल अस्पतालमा नर्सिङ सेवामा संलग्न रहँदै मानव सेवा र स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएकी छिन् ।
नियमित नर्सिङ पेसासँगै राईले बीमा व्यवसायलाई पनि जिम्मेवारीपूर्वक अघि बढाउँदै छोटो समयमै उल्लेखनीय सफलता हासिल गर्न सफल भएकी हुन् ।
व्यस्त पेशागत जीवनका बाबजुद पनि समय व्यवस्थापन, सेवामुखी सोच र व्यवसायिक निष्ठाका कारण उनले एमडीआरटी जस्तो अन्तर्राष्ट्रिय उपलब्धि हासिल गर्न सकेकी छिन् ।
सम्मान कार्यक्रममा शाखा प्रमुख तथा प्रदेश प्रमुखले दोसल्ला, सम्मान पत्र तथा बधाईसहित राईलाई सम्मान प्रदान गरेका थिए ।
शाखा प्रमुख गिरिराज पोख्रेलले दिलमाया राईको उपलब्धिले सम्पूर्ण शाखा परिवारलाई गौरवान्वित बनाएको बताए । पोखरेलले स्वास्थ्य सेवा र बीमा क्षेत्र दुबैमा राईले उदाहरणीय भूमिका निर्वाह गरेको बताए ।
सम्मानित भएपछि प्रतिक्रिया दिँदै एमडीआरटी राईले आफूलाई यो सफलतासम्म पु¥याउन सहयोग गर्ने सम्पूर्ण बीमित, शाखा प्रदेश प्रमुख, सहकर्मी तथा परिवारप्रति आभार व्यक्त गरेकी छिन् । राईले आगामी दिनमा अझ जिम्मेवार, सेवामुखी र व्यवसायिक ढंगले बीमा व्यवसायमा योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
ताहाचल शाखाले भविष्यमा पनि स्वास्थ्य, शिक्षा तथा अन्य पेशामा संलग्न रहेर बीमा क्षेत्रमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरूलाई प्रोत्साहन र सम्मान गर्दै जाने जनाएको छ ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया