विश्वप्रकाशको पछिल्लो अडानले पार्टी अनुशासनहीन कार्य गरिरहेका गगनको योजना चकनाचुर
काठमाडौं । महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस विभाजन गर्न अन्तिम तयारी गरेका बेला साथ दिँदै आएका अर्का महामन्त्री विश्वप्रकाश शर्माले असहमति जनाएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनका लागि विभिन्न समितिहरू समेत बनाइसकेका छन् । समिति बनाएर आफ्ना समर्थकहरूलाई काठमाडौं बोलाएका बेला थापाको गतिविधिलाई झट्का लाग्ने गरेर शर्माले पार्टी विभाजनमा आफ्नो असहमति रहेको जनाएका छन् । शर्माले साथ नदिएपछि पार्टी विभाजन गर्ने थापाको योजनामा झट्का लागेको छ ।
बिहीबार बिहान सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै महामन्त्री शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने बताए र पार्टी विभाजन हुने अवस्था आए हलबाट सबैभन्दा पहिला आफू बाहिरिने बताएका छन् । शर्माको यो अभिव्यक्तिले पार्टी विभाजन गरेर सभापति बन्ने महामन्त्री थापाको योजना चकनाचुर बनेको छ ।
काठमाडौंमा पुस २७ र २८ गते आह्वान गरिएको विशेष महाधिवेशनबाट पार्टी विभाजन हुने अवस्था आए सबैभन्दा पहिलो आफू हलबाट बाहिरिने उनले उल्लेख गरेका छन् ।
कांग्रेस विभाजनको आशंका अस्वीकार गरेका शर्माले भने, ‘विशेष महाधिवेशन हुन्छ, पार्टी विभाजित हुँदैन । यदि त्यस्तो हुन लागे अधिवेशनको हलबाट सबैभन्दा पहिला म बाहिर निस्कनेछु ।’
यही पुस २७ र २८ गते काठमाडौंमा दोस्रो विशेष महाधिवेशन आयोजना गर्ने विषयमा पत्रकार सम्मेलनमार्फत आह्वान भइसकेको छ । त्यसमा शर्मा र अर्का महामन्त्री थापाले सहभागी हुने घोषणा गरिसकेका छन् ।
विशेष महाधिवेशन माग्दै महामन्त्रीद्वय थापा र शर्माले हस्ताक्षर अभियान चलाएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया