रवि–बालेनसँग सम्झौता गर्दा प्रधानमन्त्री कार्कीले खुस्काइदिइन् कुलमानको मन्त्री पद

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राजीनामा माग गरेपछि उर्जा, जलस्रोत, भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राजीनामा दिएका छन् ।

बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा उर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीलाई राजीनामा बुझाएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग सहमति गरेसँग उर्जामन्त्री घिसिङको मन्त्री पद फुत्किएको छ ।

उर्जामन्त्री घिसिङ अनौपचारिक रूपमा उज्यालो नेपाल पार्टीका संरक्षक हुन् । रास्वपासँग एकीकरणपछि घिसिङ वरिष्ठ उपसभापति भएका छन् ।

दलीय राजनीतिमा सक्रिय भएसँगै उर्जामन्त्री घिसिङको सार्वजनिक आलोचना बढेपछि प्रधानमन्त्री कार्कीले मन्त्रिपरिषद् बैठकमै घिसिङसहित युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलको राजीनामा माग गरेकी थिइन् ।

Published : Wednesday, 2026 January 7, 9:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया