कांग्रेस विभाजन गर्ने गगन–विश्वप्रति असहमित जनाउँदै कपिलवस्तु, बारा र काठमाडौंका नेताहरूद्वारा हस्ताक्षर फिर्ता
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको अन्तिम तयारी गरेपछि कपिलवस्तु, बारा, काठमाडौं लगायतका जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
विशेष महाधिवेशनका लागि भनेर महामन्त्रीद्वय थापा र शर्माको लहलहैमा लागेर हस्ताक्षर गरेका कपिलवस्तु क्षेत्र नं. ३ का महाधिवेशन प्रतिनिधि वीरेन्द्रकुमार कनौडियाले हस्ताक्षर फिर्ता लिएका छन् । उनले कांग्रेसलाई बिभाजन हुनबाट बचाउन आफूले हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।
बारा क्षेत्र नं. १ का महाधिवेशन प्रतिनिधि रामनरेश कान्त, शैलेन्द्रकुमार फैजदार र रामकान्तप्रसाद साहले पनि हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले नियमित १५औं महाधिवेशनको कार्यतालिका आइसकेको भन्दै विशेष महाधिवेशनका लागि गरेको हस्ताक्षर फिर्ता गरेको बताएका छन् ।
काठमाडौंका महाधिवेशन प्रतिनिधिहरूले पनि महामन्त्रीद्वय थापा र शर्माको पार्टी विभाजन गर्ने गतिविधिप्रति असहमति जनाउँदै हस्ताक्षर फिर्ता लिएका छन् । उनीहरूले हस्ताक्षर फिर्ता लिएर पार्टी कार्यालय, सानेपामा निवेदन दिएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनको बहानामा पार्टी विभाजनको गतिविधि गरिरहेका छन् । उनीहरूले कांग्रेसको विधान विपरीत विशेष महाधिवेशन आह्वान गरेका छन् ।




बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया