कांग्रेस विभाजन गर्न भन्दै काठमाडौंमा जम्मा भएका मतियारहरू
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजन गर्न विधान विपरीत विशेष महाधिवेशनको आह्वान गरेपछि केही नेता तथा कार्यकर्ताहरू काठमाडौंमा आएका छन् ।
बुधबार कांग्रेसलाई विभाजन गर्न भनेर काठमाडौंमा जम्मा भएका नेता तथा कार्यकर्ताहरूले विशेष महाधिवेशनमार्फत पार्टी विभाजन गर्ने तयारी गरेका हुन् । काठमाडौं कांग्रेसका जिल्ला सभापति कृष्णसबुज बानियाँ, चितवन कांग्रेसका पूर्वसभापति जीतनारायण श्रेष्ठ, गुल्मी कांग्रेसका पूर्वसभापति भुवन श्रेष्ठ, धादिङ कांग्रेसका पूर्वसभापति रमेश धमलासहितका नेता तथा कार्यकर्ताहरूले कांग्रेसलाई विभाजन गर्न गोप्य बैठक गरेका छन् ।
उनीहरूले महामन्त्रीद्वय थापा र शर्मालाई सहयोग गर्ने सहमति गरेका छन् । थापा र शर्माले विशेष महाधिवेशन आह्वान गर्दै विधान विपरीतको कार्य गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया