गगनका समर्थकहरू हिंस्रक बनेकै दिन कांग्रेस बचाउन रुपन्देही र कैलालीका महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर फिर्ता
काठमाडौं । महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसलाई विभाजन गर्न गतिविधि गरिरहेका बेला हस्ताक्षर फिर्ता लिने महाधिवेशन प्रतिनिधिहरू धमाधम थपिएका छन् ।
महामन्त्री थापाका समर्थकहरू हिंस्रक बनेर नेता विमलेन्द्र निधिसहितका केन्द्रीय नेता तथा पदाधिकारीहरूलाई दुर्व्यवहार गर्न थालेकै बेला रुपन्देही र कैलालीका महाधिवेशन प्रतिनिधिहरूले पार्टी विभाजनको गतिविधिप्रति असहमति राख्दै हस्ताक्षर फिर्ता लिएका छन् ।
हस्ताक्षार फिर्ता लिनेमा नेपाली कांग्रेस, रुपन्देहीका महधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा पौडेल र नेपाली कांग्रेस, कैलालीका महाधिवेशन प्रतिनिधि गणेश वि.क. रहेका छन् ।
उनीहरूले पार्टीको नियमित महाधिवेशन घोषणा भइसकेको र निर्वाचन आएका बेला एकताबद्ध बनेर जानका लागि हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । उनीहरूले नेपाली कांग्रेसलाई विभाजनबाट बचाउन आफूहरूले हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।


बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया