एमाले–कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बने : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले वर्तमान राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन् ।

मंगलबार ललितपुरको च्यासलमा बसेको सचिवालय बैठकमा अध्यक्ष ओलीले निर्वाचन सार्ने र प्रतिनिधिसभा पुनःस्थापना हुन नदिने प्रयास पनि भइरहेको बताए ।

अध्यक्ष ओलीले एमाले–कांग्रेस नजिकिँदै गएपछि सरकार र केही बाह्य शक्तिहरू असहज बनेको बताए । अध्यक्ष ओलीले भने, ‘अदालतमा समेत दबाब सिर्जना गर्ने गतिविधि बढ्दै गएको छ, जसले लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिएको छ ।’

अध्यक्ष ओलीले भने, ‘सर्वोच्च अदालतका न्यायाधीशहरूलाई समेत निरन्तर दबाब र धम्की दिने र संसद् पुनःस्थापना हुन नदिने कार्यमा दबाब दिइँदैछ । यसले लोकतान्त्रिक मूल्य–मान्यतामाथि गम्भीर प्रश्न उठाएको छ ।’

नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको ओलीले बताए । वैदेशिक हस्तक्षेप नाङ्गो रूपमा देखिन थालेको उनले बताए ।

Published : Tuesday, 2026 January 6, 9:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया