विशेष महाधिवेशनको औचित्य छैन, कांग्रेसमा निर्णय भइसक्यो : नेता साउद
काठमाडौं । नेपाली कांग्रेस नेता एनपी साउदले विशेष महाधिवेशनको औचित्य नभएको केन्द्रीय कार्यसम्पादन समितिले भनिसकेको बताएका छन् ।
मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकारहरूसँग कुरा गर्दै साउदले वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय भइसकेको बताए । उनले महामन्त्रीहरूले केन्द्रीय कार्यसम्पादन समितिको निर्णय मान्नुहुने विश्वास भएको बताए ।
उनले आफूहरू नियमित महाधिवेशनमा जान तयार रहेको बताएका छन् । कार्यतालिका संशोधन गरेर आफूहरू नियमित महाधिवेशनमै जाने र कार्यतालिका संशोधन गरेर भए पनि नियमित महाधिवेशन गराउने बताए ।
Published : Tuesday, 2026 January 6, 6:55 pm
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया