कांग्रेसद्वारा राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको निर्वाचनमा राजनीतिक दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
मंगलबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य दलहरूसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो ।
बैठकपछि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘संवत् २०८२ साल माघ ११ गते आइतबारका दिन हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग तालमेल गरी निर्वाचनमा जाने निर्णय गर्दछ ।’
कांग्रेसले अब राष्ट्रिय सभा निर्वाचनका लागि एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), मधेस केन्द्रित दलहरूसँग चुनावी तालमेल गर्नेछ ।
कांग्रेसको कार्यसम्पादन समितिको बैठक २०८२ पुस २३ गते बुधबार बिहान ०९ः०० बजे पुनः बस्नेछ ।
बैठकमा महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर र जीवन परियारले आफ्नो धारणा व्यक्त गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया