गगन–विश्व समूहले विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार स्वतः स्फूर्त भन्यो, आक्रमणकारीहरूको बचाउ

काठमाडौं । नेपाली कांग्रेसका महमन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा समूहले केन्द्रीय सदस्य विमलेन्द्र निधिमाथि भएको दुर्व्यवहार कार्यकर्ताको अन्तरआत्मको भावना भएको बताएको छ ।

मंगलबार काठमाडौंको अनामनगरस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा गगन–विश्व समूहका नेताहरूले नेता निधिमाथि भएको घटनाको जिम्मेवारी आफूहरूले नलिने बताए । गगन–विश्व समूहले नेता निधि र पार्टी कार्यालय बाहिर भएको घटनाका संलग्नहरूको बचाउ गरेको छ ।

गगन–विश्व समूहका नेता तथा कार्यकर्ताहरूले पार्टी कार्यालय, सानेपामा पुगेर कार्यसम्पादन समितिको बैठकमा सहभागी हुन गएका नेता निधिलाई बाटो छेकेरे दुर्व्यवहार गरेका थिए । उक्त घटनामा आफूहरूको संलग्नता नरहेको गगन–विश्व समूहले दाबी गरेको छ ।

गगन–विश्व समूहका नेता सुवास पोखरेलले उक्त घटना स्वतः स्फूर्त भएको बताए । उनले आफूहरूले त्यस्तो गतिविधि नगर्ने दाबी गरेका छन् । पोखरेलले विशेष महाधिवेशनको लागि आफूहरूले तिव्र तयारी थालेको बताए ।

विशेष महाधिवेशनको लागि विभिन्न १८ वटा समिति बनाएको पोखरेलले बताएका छन् ।

Published : Tuesday, 2026 January 6, 6:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया