कोशीमा मुख्यमन्त्रीद्वारा मन्त्रिपरिषद् पुनःगठन कांग्रेस र एमालेका मन्त्रीहरूलाई शपथ
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनःगठनका छन् ।
मंगलबार कार्कीले नयाँ मन्त्रीहरूलाई शपथग्रहण गराएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा दुई राज्यमन्त्रीसहित १० मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
मुख्यमन्त्री कार्कीले २०८१ भदौ २७ मा गठित मौजुदा मन्त्रिपरिषद् सत्ता साझेदार एमाले र कांग्रेसबीच फेरबदलमा सहमति जुटेपछि नयाँ मन्त्रिपरिषद् गठन गरेका हुन् ।
कांग्रेसबाट प्रदीप सुनुवारको नेतृत्वमा नयाँ मन्त्री टोली सरकारमा सहभागी भएको छ । संस्थापन पक्षबाट सुनुवार र इसराइल मन्सुरी, कृष्णप्रसाद सिटौला पक्षबाट भीम पराजुली तथा डा.शेखर कोइराला पक्षबाट मानबहादुर लिम्बू मन्त्री बनेका छन् ।
सुनुवारलाई भौतिक पूर्वाधार, पराजुलीलाई पर्यटन, लिम्बूलाई स्वास्थ्य तथा मन्सुरीले उद्योग, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् । कांग्रेसकी प्रदेश सभा सचेतक शोभा चेम्जोङलाई भौतिक राज्यमन्त्री बनाइएको छ ।
एमालेबाट प्रमुख सचेतक विदुर लिङ्थेप, इन्द्रमणि पराजुली, तिलचन पाठक र रामप्रसाद महतो मन्त्री बनेका छन् । धनकुटाका इन्द्रमणि पराजुलीलाई आन्तरिक मामिला, संखुवासभाका विदुर लिङ्थेपलाई आर्थिक मामिला तथा योजना, झापाका तिलचन पाठकलाई खानेपानी तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सुनसरीका रामप्रसाद महतोलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ । उमाकान्त गौतमलाई कानून राज्यमन्त्री जिम्मेवारी दिइएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया