गगनजी तपाईका सुण्डमुण्ड सुरेन्द्र–वीरेन्द्रको बाहुबली र गुण्डागर्दी थाहा छ ? भ्रष्टाचारीले जे गरे पनि हुन्छ ?

काठमाडौं । महामन्त्री गगनकुमार थापा निकटका बाहुबली र भ्रष्टाचारी ठहर भएका नेताहरूले नेपाली कांग्रेस, सर्लाहीमा परिवारभित्रका सदस्यहरूलाई उम्मेदवार सिफारिस गरेर भाँडभैला मच्चाएका छन् ।

विवाद भएपछि सर्लाही क्षेत्र नं. ४ कांग्रेसको निरंकुश शैली र परिवारमोहविरुद्ध कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा लिखित उजुरी परेको छ । नेपाली कांग्रेस, क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. ४, सर्लाहीले उम्मेदवार सिफरिस गर्ने प्रयोजनको लागि मिति २०८२ मंसिर २३ गते मंगलबारको दिन क्षेत्रीय कार्यसमितिले बैठक बोलाएको महासमिति सदस्य ई.डा.राजेश्वरसिंह कुशवाहाले बताए । कुशवाहा पनि प्रत्यक्षतर्फको टिकटका लागि आकांक्षी थिए ।

‘बैठकमा मैले मात्र लिखित रुपमा उम्मेदवारीको दावी प्रस्तुत गरेको थिएँ । बैठकमा शुरुदेखि नै पार्टीका साथीहरूले बडो नाटकीय र स्क्रिप्टेड रुपले प्रस्तुत भएको देखियो,’ कांग्रेस नेता कुशवाहाले भने, ‘कसले के बोल्ने, कसको पछाडि को बोल्ने, कसले के के बोल्ने ? भन्ने कुरा पहिलेदेखि नै निर्देशन गरिएको कुरा उहाँहरूको प्रस्तुतिबाट प्रष्टै देखिन्थ्यो ।’

‘साथीहरूले मधेश प्रदेशको प्रदेश सभा सदस्यको पदमा हाल वहाल रहनु भएका वीरेन्द्रप्रसाद सिंहको नाम नेपाली कांग्रेस केन्द्रले तोकेको मापदण्ड विरपरित एकल सिफारिस गर्नुपर्छ भनेर प्रस्तुत भइरहनु भयो,’ कुशवाहाले भने, ‘त्यसबाट प्रष्ट देखिन्थ्यो कि प्रस्तावको स्क्रिप्ट पहिले नै लेखिएको थियो ।’

‘अर्को कुरा, बैठकमा महामन्त्री गगनकुमार थापा र सुधिर सिंहको नामको प्रस्ताव कसैलेपनि गर्नु भएको थिएन,’ सर्लाही कांग्रेसका नेता कुशवाहाले पार्टी केन्द्रीय कार्यालय, सानेपामा बुझाएको लिखित उजुरीमा भनिएको छ, ‘यसरी मैले लिखित रुपले ने दावेदारी पेश गर्दापनि मेरो नाम सिफारिस नगरी प्रस्ताव नै नआएको गगनकुमार थापा लगाएत प्रदेश सभा सदस्य वीरेन्द्रप्रसाद सिंहको नाम सिफारिस गरियो ।’

‘बैठकको निर्णयमा उम्मेदवारको नाम खाली राखेर पछि छलफल गरेर नाम पठाउने भनि हस्ताक्षर गराइयो । मैले निर्णय पुस्तकमामा हस्ताक्षर गरेको छैन,’ कुशावाहाले भने, ‘छलफल नै नगरी प्रत्यक्षतर्फ वीरेन्द्रकुमार सिंहले स्वयम् आफ्नो नाम, महामन्त्री गगनकुमार थापा र आफ्ना सहोदर भतिज (सुरेन्द्रप्रसाद सिंहको छोरा) सुधिर सिंहको नाम र समानुपातिकतर्फ आफ्ना सहोदर भाउजु (सुरेन्द्रप्रसाद सिंहको श्रीमती) बेबी सिन्हाको नाम सिफारिश गरि पठाएको कुरा विभिन्न माध्यमबाट सुनियो ।’

नेपाली कांग्रेस, सर्लाहीका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि सभापति पदबाट राजीनामा दिएका छन् । मधेस प्रदेशमा कांग्रेसबाट सांसद रहेका वीरेन्द्रप्रसाद सिंह र सुरेन्द्रप्रसाद सिंहले गगन थापाको आडमा गुण्डागर्दी र बाहुबली हर्कत गर्दै आएका छन् । यो समूहले गगन थापाको नामबाट श्रीमती र छोरा तथा भाई (सुरेन्द्रका भाइ वीरेन्द्र)लाई समेत सिफारिस गरेको छ । विधिको कुरा गर्दै आएका गगन थापाले सर्लाहीमा सुरेन्द्र र वीरेन्द्रका नाममा गरेको दादागिरीलाई कांग्रेसका कार्यकर्ताहरूले रुचाएका छैनन् ।

‘क्षेत्रीय सभापति रामआश्रय साहसंग सो को जानकारी लिखित रुपमा माग्दा पत्र दर्ता गर्न मान्नु भएन । जवाफमा वहाँले वीरेन्द्रप्रसाद सिंहले निर्णय पुस्तिकामा जस–जसको नाम लेखेर दिनुभयो मैले हस्ताक्षर गरिदिएको हो । तपाईले वहाँसंग जानकारी लिनुहोला,’ कुशवाहाले उजुरीमा भनेका छन् ।

‘लिखित रुपमै निवेदन प्रस्तुत गर्दा पनि सिफारिस नगर्नु, निवेदन ने दर्ता नगर्नु÷गर्न नदिनु र दावेदारी ने प्रस्तुत नगरेको व्यक्तिको नाम सिफारिस गर्नु, एउटै घरपरिवारभित्रका व्यक्तिहरूको नाम प्रत्यक्ष र समानुपातिकतर्फ सिफारिस गर्नु, यस्तो अलोकतान्त्रिक, स्वेच्छाचारी र बाहुबली प्रवृति अत्यन्तै आपत्तिजनक विषय हो,’ नेता कुशवाहाले भने, ‘सिङ्गो पार्टी एउटा परिवारको पार्टी बानाइयो । यसको म घोर विरोध गर्दछु । यसप्रकारको निषेधको राजनीतिको घोर भर्त्सना गर्दछु ।’

‘उम्मेदवार सिफारिसप्रति आपत्ति जनाउँदै मंसिर २४ गते क्षेत्रीय सभापति रामआश्रय साहजीलाई भेटेरै मेरो निवेदनलाई दर्ता गरी प्रक्रिया अगाडि बढाइदिन हुनको लागि आग्रह गर्दा उहाँले शुरूमा दर्ता गरिदिन राजी हुनु भयो । पाँच मिनेटपछि वीरेन्द्रप्रसाद सिंहको नाम लिदै अउनुभयो । मेरो नेताहरूको दवाव छ, म निवेदन दर्ता गर्न सक्दिन । जिल्ला कार्यवाहक सभापतिजीले पनि उस्तै प्रकारको जवाफ दिनुभयो । मंसिर २५ गते उहाँलाई पनि भेटेरै आग्रह गरेको थिएँ । उहाँलेपनि आश्वासन दिनुभयो कि निवेदन दिनुहोला म प्रक्रिया अगाडि बढाइदिन्छु भनेर तर, २६ गते निवेदन दिन जाँदा क्षेत्रबाटै प्रक्रिया अगाडि बढाएर ल्याउनुस् भनेर दर्ता गर्न इन्कार गरिदिनुभयो,’ नेता कुशवाहाले भने ।

हुन त महामन्त्री गगन थापाले आफ्नै ससुरा अर्जुन नरसिंह केसीलाई समानुपातिक सूचीमा खस, आर्यको आरक्षणमा आफ्नोतर्फबाट पहिलो नम्बरमा राखेर नाम बुझाएका छन् ।

Published : Tuesday, 2026 January 6, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया