प्रहरी श्रीमती संघद्वारा निवर्तमान अध्यक्षसहितका पदाधिकारीलाई विदाइ
काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी नवनियुक्त अध्यक्ष नवीना खत्री कार्कीले निवर्तमान अध्यक्ष भापना श्रेष्ठ खापुङ्गसहितलाई विदाइ गरेकी छिन् ।
सोमबार प्रदर्शनीमार्ग, भृकुटीमण्डप, काठमाडौंस्थित कार्यालयमा अध्यक्ष कार्कीले निवर्तमान अध्यक्ष खापुङ्ग लगायतका निवर्तमान पदाधिकारीहरूलाई विदाइ गरेकी हुन् ।
कार्यक्रममा संघकी महासचिव अञ्जु कार्की, निवर्तमान महासचिव अनुश्री पाख्रिन, सचिव (प्रशासन) श्रीमती वरुणा थपलिया, संघका कार्यसमितिका पदाधिकारी, प्रहरी अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरू समेतको उपस्थिति रहेको थियो ।
संघकी अध्यक्ष कार्कीले निवर्तमान अध्यक्ष खापुङ्ग र निवर्तमान महासचिव पाख्रिनलाई फूलमाला लगाई सम्मान पत्र तथा मायाँको चिनो समेत प्रदान गरेकी छिन् ।
अध्यक्ष कार्कीले निवर्तमान अध्यक्ष खापुङ्ग र कार्यसमितिको कुशल नेतृत्व, सेवा प्रतिको प्रतिवद्धता, मार्गदर्शन र पदाधिकारीहरूको निरन्तर साथ समर्थन रहने अपेक्षा लिएको बताएकी छिन् । उनले अथक प्रयास र समर्पणले नै नेपाल प्रहरी श्रीमती संघले महत्वपूर्ण उपलब्धी हाँसिल गर्न सफल भएको बताएकी छिन् ।
निवर्तमान अध्यक्ष खापुङ्गले संघप्रतिको मायाँ, समर्पण र त्यागको कारण नै आफ्नो सेवाकालमा संघको साझा उदेश्य प्राप्त गर्न सफल भएको बताइन् । उनले संघको स्तरोन्नतिको कामना सहित नवनियुक्त अध्यक्ष कार्कीलाई हार्दिक बधाई सहित सफल कार्यकालको समेत शुभकामना व्यक्त गरेकी छिन् ।
कार्यक्रमको संचालन संघका सह–सचिव (कार्यक्रम) श्रीमती मञ्जु शर्माले गरेकी थिइन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया