नेपाल भ्रमणमा रापिड चेसका पूर्व विश्व विजेता
काठमाडौं । नेपाल बुद्धिचाल महासंघले सन् २०२४ का विश्व रापिड बुद्धिचाल विजेता सुपर ग्रायण्ड मास्टर भोलोदार मुर्जिनलाई स्वागत गरेको छ ।
महासंघका प्रत्यासी अध्यक्ष प्रवीण भँडेलको नेतृत्वमा उपमहासचिव मोनालिसा खम्बू, कोषाध्यक्ष ताराबहादुर रानाभाट, प्रवक्ता राजु ताम्राकार, स्वतन्त्र चेस क्लबका महेन्द्रलाल महर्जन, हिमालयन चेस एकेडेमीका यासिर खम्बूले स्वागत गरेका हुन् ।
पूर्व विश्व विजेता गत साता कतारमा सम्पन्न विश्व रापिड तथा ब्लिट्ज बुद्धिचाल च्याम्पियनसिपमा सहभागी जनाएर नेपाल आएका हुन् ।
सुपर जिएमसँगै वर्ल्ड चेस फेडेरेसन फिडे ट्रेनर्स कमिसनका पूर्व अध्यक्ष एवं अन्तर्राष्ट्रिय सिनियर ट्रेनर जिएम मिखाइल कोबालिया साथमा आएका हुन् ।
भेटअघि जिएमद्वयले पभेलियन्स चेस एकेडेमीद्वारा आयोजना गरिएको ऐतिहासिक लस्कर खेल तथा नेपाली खेलाडीका जिज्ञासालाई सम्बोधन गरेका थिए ।
पूर्व विश्व चेस च्याम्पियन जिएमले ३० जना नेपाली युवा खेलाडीहरूसँग एकैसाथ लस्करै चेस खेल खेलेर सबैलाई जितेका छन् ।
अंग्रेजी नयाँ वर्ष मनाउन नेपाल भ्रमणमा आएको समयलाई सदुपयोग गरि पभेलियन चेस एकेडेमीले लस्कर खेल आयोजना गरिएको थियो । पूर्व विश्व रापिड च्याम्पियनले प्रत्यक्ष रूपमा नेपाली खेलाडीहरूसँग खेल्दै आफ्नो विश्वस्तरीय कौशल प्रस्तुत गरेका छन् ।
कार्यक्रममा विभिन्न उमेर समूहका खेलाडी, प्रशिक्षक तथा चेसप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । जिएमले खेलाडीसँगको अन्तरक्रिया कार्यक्रममा प्रशिक्षण, प्रतिस्पर्धात्मक सोंच र अन्तर्राष्ट्रिय चेसबारे महत्वपूर्ण सुझावहरू दिएका छन् ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया