निर्वाचनमा तालमेल गर्न कांग्रेसका कार्यबाहक सभापति खड्का र एमाले अध्यक्ष ओलीबीच भेट

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र एमालेका अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।

सोमबार राति भक्तपुरको गुण्डुस्थित ओली निवासमा दुई शीर्ष नेताबीच छलफल भएको हो । ओली र खड्काबीचको छलफलमा कांग्रेस नेता रमेश लेखक पनि उपस्थित रहेको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनको चुनावी तालमेलको विषयमा छलफल गर्न कार्यबाहक सभापति खड्का र नेता लेखक ओलीलाई भेट्न गएका हुन् ।

ओली र खड्काबीच राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरूबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भएको बुझिएको छ ।

माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ । कांग्रेसले ८ सिट दाबी गरेको छ ।

पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउने तयारी छ ।

Published : Monday, 2026 January 5, 10:09 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया