निर्वाचनमा तालमेल गर्न कांग्रेसका कार्यबाहक सभापति खड्का र एमाले अध्यक्ष ओलीबीच भेट
काठमाडौं । राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्का र एमालेका अध्यक्ष केपी ओलीबीच छलफल भएको छ ।
सोमबार राति भक्तपुरको गुण्डुस्थित ओली निवासमा दुई शीर्ष नेताबीच छलफल भएको हो । ओली र खड्काबीचको छलफलमा कांग्रेस नेता रमेश लेखक पनि उपस्थित रहेको बुझिएको छ ।
राष्ट्रिय सभा निर्वाचनको चुनावी तालमेलको विषयमा छलफल गर्न कार्यबाहक सभापति खड्का र नेता लेखक ओलीलाई भेट्न गएका हुन् ।
ओली र खड्काबीच राष्ट्रियसभा निर्वाचनमा कांग्रेस, एमाले, नेकपा र मधेस केन्द्रित दलहरूबीच चुनावी तालमेल गर्ने विषयमा छलफल भएको बुझिएको छ ।
माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुँदै छ । कांग्रेसले ८ सिट दाबी गरेको छ ।
पुस २३ गते उम्मेदवारी दर्ताको कार्यतालिका रहेकाले क्लस्टर र प्रदेशगत भागबण्डा मिलाउने तयारी छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया