कुलमानले निर्माण उद्योगीलाई देशको भिलेनको रूपमा प्रस्तुत गर्नुभयो : अध्यक्ष सिंह

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले ऊर्जा, पूर्वाधार तथा शहरी विकासमन्त्री कुलमान घिसिङले राजनीतिक स्वार्थ लिएर ठेक्का तोडेको कुरा प्रचार गरिरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष सिंहले राजनीतिक स्वार्थ प्राप्तिका ठेक्का अन्त्य गरिएको बताएका हुन् । उनले सरकारले ठेक्का तोड्न कति उचित वा अनुचित भन्ने विषयमा मनन् नगरेको बताए ।

उनले भने, ‘अहिले रूग्ण ठेक्काहरू अन्त्य गर्ने नाममा जेजति क्रियाकलाप भएको छ । त्यो एउटा व्यक्तिले एकदमै आफूलाई केन्द्रित राखेर सबैको जस मैले लिनुपर्छ भनेर हाम्रो पूर्वाधारको जिम्मा लिने मन्त्रीज्यूको लहडको कारणले आम रूपमा निर्माण उद्योगीलाई देशको भिलेनको रूपमा प्रस्तुत गर्ने काम भएको छ ।’ उनले घिसिङले निर्माण व्यवसायीबारे समाजमा गलत म्यासेज दिने काम गरिरहेको बताए ।

‘यसभन्दा अगाडि पनि ठेक्का अन्त्य हुन्थ्यो । मन्त्रीले नै मैले ठेक्का रद्द गरे भनेर भनेको त सुनिदैन थियो,’ अध्यक्ष सिंहले भने, ‘किनकि मन्त्रीले ठेक्का अन्त्य गर्ने होइन, जसले सम्झौता गर्छ उसले अन्त्य गर्ने हो ।’

अध्यक्ष सिंहले अहिले मन्त्री घिसिङले आयोजनाहरूमा गएर पार्टीको प्रचार गर्ने र आफूलाई नचिन्ने आयोजना र निर्माण कम्पनी सञ्चालकलाई विभिन्न आक्षेप गाली गलौज गर्ने गरेको बताएका छन् ।

‘१२÷१५ वर्षदेखि रूग्ण रहेको ठेक्का अन्त्य गर्दै जाँदा ठेक्का किन रूग्ण भयो भन्ने कुराको वास्तविक अध्ययन गर्न जरूरी छ,’ सिंहले भने, ‘जुन ठेक्का पहिलेको निर्माण कम्पनीबाट सम्पन्न हुन सक्दैन पहिचान गरेर अन्त्य गर्नुपर्छ ।’

‘९० प्रतिशत ठेक्का राजनीतिक नेतृत्वले अनावश्यक लहडमा बनाएका कारण सकिने देखिँदैनन्र कतिमा जग्गा प्राप्ति समस्या छ,’ उनले भने, ‘साइट नपाएका कारण पनि काम अघि बढ्न सकेको छैन ।’

Published : Monday, 2026 January 5, 8:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया