कांग्रेसका ५ प्रदेशका सभापतिहरूद्वारा विशेष महाधिवेशनको औचित्य समाप्त भएको भन्दै निर्वाचनमा लाग्न अपील
काठमाडौं । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको गतिविधि गरिरहेका बेला नेपाली कांग्रेसका ५ प्रदेश सभापतिहरूले विशेष महाधिवेशनको औचित्य समाप्त भइसकेको बताएका छन् ।
आइतबार संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश सभापतिहरूले नेता, कार्यकर्तालाई निर्वाचनमा लाग्न आग्रह गरेका छन् । कांग्रेस कोशीका सभापति उद्धव थापा, मधेसका सभापति कृष्णप्रसाद यादव, बागमतीका सभापति ईन्द्रबहादुर बानियाँ, कर्णालीका सभापति ललितजंग शाही र सुदूरपश्चिमका सभापति वीरबहादुर बलायरले विशेष महाधिवेशनको औचित्य समाप्त भएको बताएका हुन् ।
उनीहरूले विज्ञप्तिमा भनेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०८२ मङ्सिर १५ को बैठकबाट पार्टीको पन्ध्रौँ नियमित महाधिवेशन २०८२ पौष १६ गतेबाट वडादेखि सुरु गरी पौष २६, २७ र २८ मा सम्पन्न गर्ने तालिका पारित भएको तर, महाधिवेशन पूर्व अनिवार्य रूपमा सम्पन्न गर्नु पर्ने क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरणको कार्य सम्पन्न भई केन्द्रीय समिति मार्फत केन्द्रीय निर्वाचन समितिलाई जिम्मा लगाउने कार्य हुन नसकेको कारण निर्धारित कार्यतालिका अनुसार २०८२ पौष २६– २८ मा महाधिवेशन हुन नसक्ने अवस्थामा नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको २०८२ पौष १८ को निर्णय अनुसार २०८३ वैशाख २८–३१ मा नियमित महाधिवेशन सम्पन्न हुने भएकोले त्यस अघि विशेष महाधिवेशन गर्ने औचित्य समाप्त भएको अवस्थामा देशभरका सम्पूर्ण कांग्रेसजनहरूलाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारी र २०८२ फाल्गुण २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न हार्दिक अनुरोध गर्दछौँ ।’
सभापतिहरूले कांग्रेसका नेता, कार्यकर्तालाई एकताबद्ध भई नियमित महाधिवेशनको तयारीमा लाग्न आग्रह गरेका छन् । २०८२ फाल्गुण २१ गते सम्पन्न हुने आम निर्वाचनमा पार्टीका उम्मेदवारहरूलाई विजयी गराउने कार्यमा जुट्न पनि सभापतिहरूले अनुरोध गरेका छन् ।
विशेष महाधिवेशनको नाममा महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विभाजन गर्ने गरेर गतिविधि गरिरहेका छन् । नियमित महाधिवेशनको कार्यतालिकालाई थापा र शर्माले बढ्ता जान्ने भएर स्थगित गरेका थिए । आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर गएर महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेपछि केन्द्रीय कार्यसम्पादन समितिले केन्द्रदेखि वडासम्म समय थप गर्दै वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो ।

बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया