विशेष महाधिवेशन औचित्यहीन भन्दै रुपन्देहीका महाधिवेशन प्रतिनिधिहरूद्वारा हस्ताक्षर फिर्ता

काठमाडौं । नेपाली कांग्रेस, रुपन्देहीका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको सान्दर्भिकता समाप्त भएको भन्दै हस्ताक्षर फिर्ता लिएको जनाएका छन् ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सम्बोधन गरेर उनीहरूले नियमित महाधिवेशन गर्ने केन्द्रीय कार्यसमितिको सर्वसम्मत निर्णय भइसकेको अवस्थामा विशेष महाधिवेशन आवश्यक नरहेको भन्दै हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । उनीहरूको यो निर्णयले विशेष महाधिवेशनको विषय औचित्यहीन बन्दै गएको छ ।

हस्ताक्षर फिर्ता लिनेहरूमा हरिबहादुर आचार्य क्षेत्री, सन्तप्रसाद चौधरी र नारायाप्रसाद पुन रहेका छन् । उनीहरूलाई महामन्त्री गगनकुमार थापा निकटका नेताहरू झुक्काएर हस्ताक्षर गराएका थिए ।

Published : Monday, 2026 January 5, 6:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया