सिन्धुलीमा प्रचण्ड नेतृत्वको नेकपाका जिल्ला सदस्य थापा कांग्रेसमा प्रवेश
सिन्धुली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा), सिन्धुलीका जिल्ला कमिटीका सदस्य रामशरण थापा पार्टी परित्याग गरेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
थापालाई नेपाली कांग्रेस सिन्धुलीका सभापति उपेन्द्रकुमार पोखरेलले पार्टी प्रवेश गराएका हुन् । कांग्रेसमा प्रवेशसँगै सभापति पोखरेलले थापालाई नेपाली कांग्रेस, जिल्ला कार्यसमिति, सिन्धुलीको सदस्य पदमा मनोनीत गरेका छन् ।
दुधौली नगरपालिका वडा नं. १० स्थायी ठेगाना भएका थापा लामो समय तत्कालीन नेकपा (माओवादी केन्द्र)मा रहेर काम गरेका थिए । विभिन्न पार्टीहरू मिलेर बनेको पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा थापा जिल्ला सदस्य रहेका थिए । उनले कम्युनिस्टको राजनीति परित्याग गरेर लोकतान्त्रिक पार्टी रोजेर कांग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गरेका थापालाई सभापति पोखरेलले पुस १४ गते जिल्ला कार्यसमितिको सदस्य पदमा मनोनीत गरेको पत्र दिएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया