प्रकाश रसाइलीद्वारा क्रियाशील नै नरहेका ३ जनालाई विभागको सदस्यमा मनोनयन, गगन समूहले जे गरे पनि छुट छ ?
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले वैदेशिक रोजगार समन्वय तथा आप्रवासन विभागमा क्रियाशील सदस्य नै नरहेका तीन जनालाई मनोनयन गरेका खुलासा भएको छ ।
महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन भनेर बबण्डर मच्चाइरहेका बेला नेता रसाइलीले नै क्रियाशील नरहेका तीन व्यक्तिलाई विभागको सदस्य बनाएको खुलेको हो । केन्द्रीय सदस्य रसाइली विभागको प्रमुख हुन् ।
नेता रसाइली महामन्त्री थापा निकटका हुन् । नेता रसाइली महामन्त्री थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको सदस्य पनि छन् ।
केन्द्रीय सदस्य एवम् प्रमुख रसाइलीले विभागको सदस्यमा सञ्जय पनेरु, देव खोकाली र दीपक थापालाई मनोनयन गरेका हुन् । यी तीनै जनाको क्रियाशील सदस्यता छैन । क्रियाशील सदस्यता नै नरहेका यी तीन जनालाई विभागको सदस्य बनाएर केन्द्रीय सदस्य रसाइलीले कुनै लाभ त लिएका छैनन् ? विभागकै सदस्यहरूले गम्भीर प्रश्न उठाएका छन् ।
महामन्त्री थापा र नेता रसाइलीले पार्टीभित्र विधिको शासनको कुरा उठाउँदै आएका छन् । तर, आफ्नै नेतृत्वको विभागको सदस्य मनोनयन गर्दा क्रियाशील नै नरहेकालाई मनोनयन गर्ने कार्य विधि र विधान विपरित छ वा छैन ? प्रश्न उठेको छ । विभागको सदस्य बन्नका लागि क्रियाशील सदस्यता रहेको हुनुपर्छ ।
महामन्त्री थापा र केन्द्रीय सदस्य एवम् विभागका प्रमुख रसाइलीले आफूलाई चित्त र मनले खाँदा विधि, विधान मिच्दा पनि हुने । तर, अरुका लागि पद्धति, विधि र नियम चाहिने । कांग्रेसका नेताहरूले विधि र पद्धति सबैका लागि बराबरी रहेको बताएका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया