गगन–विश्वले अनुशासन उल्लंघन गर्दै कांग्रेस विभाजनको गतिविधि गरेपछि गम्भीर समीक्षा गर्न कार्यसम्पादन बैठक आह्वान

काठमाडौं । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टी विभाजनको गतिविधि गरेपछि नेपाली कांग्रेसले त्यस विषयमा छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कार्यबाहक सभापति पूर्णबहादुर खड्को पार्टीभित्र देखिएको आन्तरिक विवादका विषयमा छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक २०८२ पुष २१ गते सोमबार दिनको १३ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूकोे उपस्थितिका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

महामन्त्रीद्वय थापा र शर्माले आफ्नो क्षेत्राधिकार तथा पार्टीको विधान विपरीत हुने गरी नियमित १५औं महाधिवेशनको कार्यतालिका रोक्नेदेखि विशेष महाधिवेशन गरेर पार्टी विभाजन गर्नेसम्मको तयारी गरेका छन् । उनीहरूको यो अनुशासनहीन हर्कत र गतिविधिका विषयमा कार्यसम्पादन समिति बैठकमा समीक्षा हुनेछ ।

महामन्त्रीद्वय थापा र शर्माले शनिबार काठमाडौंमा आफू निकटका कानून व्यवसायीहरूसँग छलफल गरेर पार्टीको विधानको अपब्याख्या गरेका छन् । महामन्त्रीद्वय थापा र शर्माले उठाएका कतिपय मुद्दा र विषय जायज रहे पनि उनीहरूले पार्टी विभाजन गर्ने गरेर अगाडि बढेको गतिविधि अनुशासनहीन रहेको नेताहरूको आरोप छ ।

Published : Sunday, 2026 January 4, 8:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया