एमाले अध्यक्ष ओली झापाबाटै निर्वाचनमा उम्मेदवार बन्ने
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओली गृहजिल्ला झापाबाटै प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने संकेत गरेका छन् ।
ओलीले झापाबाटै उम्मेदवारी दिने तयारी गरेको एमालेका नेताहरूले बताएका छन् । ओलीको इच्छाअनुसार नै झापा निर्वाचन क्षेत्र नं. ५ बाट एमालेले ओलीको एकल नाम सिफारिस गरेको छ ।
शनिबार बसेको एमाले झापाको क्षेत्रीय कमिटीको बैठकले अध्यक्ष ओलीको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको एमालेका जिल्ला अध्यक्ष प्रेम गिरीले जानकारी दिएका छन् ।
झापा–५ ओलीको गृह निर्वाचन क्षेत्र हो । ओली यही क्षेत्रबाट २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ सालको संसदीय चुनावमा निर्वाचित भएका थिए । ओली २०६० सालमा सम्पन्न संविधानसभाको पहिलो निर्वाचनमा पराजित भएका थिए ।
२०६४ सालमा सम्पन्न दोस्रो संविधानसभाको चुनावमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया