उग्रवादी संगठनको प्रमुख भनेर धम्काउने पाठक फिलिपिन्समा पक्राउ
काठमाडौं । दश उच्च पदस्थ व्यक्तिहरूलाई भिडियोमार्फत धम्की दिने प्रकाश पाठकलाई फिलिपिन्सको प्रहरीले पक्राउ गरेको छ ।
काभ्रेको तेमाल गाउँपालिका–१ घर भएका ३३ वर्षीय पाठक फिलिपिन्सको मालोलोस शहरबाट पक्राउ परेका हुन् । फिलिपिन्सको व्यूरो अफ इमिग्रेशन (बीआई)ले पाठकलाई नियन्त्रणमा लिइएको जनाएको छ । बीआईले पाठकको फोटोसहितको विवरण वेबसाइटमा सार्वजनिक गरेको छ ।
पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंको पक्राउ पुर्जी र अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)बाट जारी डिफ्युजन जारी भएको थियो ।
नेपाल प्रहरीको समेत अनुरोधपछि पाठकलाई नियन्त्रणमा लिइएको फिलिपिन्सको इमिग्रेशनले विज्ञप्तिमार्फत जनाएको छ । पाठक हाल फिलिपिन्सको व्यूरो अफ इमिग्रेसनको हिरासतमा रहेको जानकारी इमिग्रेशनले गराएको छ । पाठकमाथि निष्कासन (डिपोर्टेसन) प्रक्रिया शुरु गरिएको पनि बताइएको छ ।
पत्र र भिडियो सन्देशमार्फत उच्च पदस्थमाथि धम्की दिएको खुलेपछि प्रहरीले पाठकमाथि अनुसन्धान अघि बढाएको थियो ।

यसअघि चार पटकसम्म विभिन्न कसूरमा मुद्दा चले पाठकको पृष्ठभूमि आपराधिक रहेको प्रहरीले जनाएको छ । पाठकमाथि सार्वजनिक अपराध (अभद्र व्यवहारको कसूर)देखि ठगी तथा आपराधकि विश्वास, आपराधिक लाभसम्मको मुद्दा चलेको भेटिएको थियो ।
फिलिपिन्स अध्यागमनको वेबसाइटमा भनिएको छ, ‘उनी एक उच्चपदस्थ विदेशी सरकारी अधिकारीको हत्या गर्ने षडयन्त्रसँग पनि जोडिएको पाइएको छ ।’
पाठकले आफूलाई उग्रवादी संगठनको प्रमुख भएको बताउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईसहितका दश उच्च पदस्थ हत्या गर्ने धम्की दिएका थिए । पाठकका तीन जना साथीहरूलाई समेत काठमाडौं प्रहरीले केहीअघि पक्राउ गरेको थियो ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया