गगन–विश्वले अनुशासन उल्लंघन गरेपछिको अवस्थाबारे डा.कोइरालाद्वारा आन्तरिक छलफल
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अराजक गतिविधिबाट उत्पन्न परिस्थितका विषयमा आफू निकटका नेता तथा कार्यकर्ताहरूसँग छलफल गरेका छन् ।
शनिबार बिहान काठमाडौंको विशालनगरस्थित सम्पर्क कार्यालयमा डा.कोइरालाले आफू निकटका नेता तथा कार्यकर्ताहरूसँग भेट गरेका हुन् । उनले पार्टीभित्रको पछिल्लो विवादबारे छलफल गरेका हुन् ।
नेता डा.कोइरालाले काठमाडौंमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्यहरू, जिल्ला सभापतिसहितका कार्यकर्ताहरूसँग राय सुझाव लिएका छन् ।
केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेको निर्णय र महामन्त्रीहरूले उठाएको विशेष महाधिवेशन सम्बन्धमा कसरी समन्वय गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भएको छ ।
नेता डा.कोइरालासँगको छलफलमा सहभागी नेताहरूले पार्टीको अनुशासन समितिले गरेको कारबाही मिनाहामा परेका व्यक्तिहरू पूर्ववत् पदमा कायम रहनुपर्ने व्यवस्था मिलाउनका लागि पहल गर्न माग गरेका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले एकलौटी रुपमा नियमित १५औं महाधिवेशनको कार्यतालिका रोकेर विशेष महाधिवेशनमा जान लागेको जनाएका छन् । थापा र शर्माले पार्टीको अनुशासन उल्लंघन गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया