कांग्रेस फुटाउन लागेपछि गगन–विश्वलाई साथ दिएका थप ४ नेताहरूले पनि छाडे
काठमाडौं । नेपाली कांग्रेस, कैलाली क्षेत्र नं. ४ का चार जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हस्ताक्षर फिर्ता लिएका छन् ।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले कांग्रेस विभाजन गर्न विशेष महाधिवेशन गर्न लागेपछि महाधिवेशन प्रतिनिधिहरू यज्ञबहादुर महरा, ईश्वरी रावल, विदेशनी चौधरी र रमेश ताम्राकारले आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् । उनीहरूले महामन्त्रीद्वय थापा र शर्माको पार्टी विभाजन गर्ने गतिविधिप्रति असहमति प्रकट गरेका छन् ।
महाधिवेशन प्रतिनिधिहरूले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टी नेपाली कांग्रेसका केन्द्रीय महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माबाट हस्ताक्षर संकलन अभियान चलाइएकोमा हामी तपशिलका महाधिवेशन प्रतिनिधिहरूलाई विशेष अधिवेशन नभई नियमित अधिवेशन हो भनी झुक्याएर हस्ताक्षर गराएकोमा हामो गम्भीर अपात्ति र असहमति प्रकट गर्दै विशेष महाधिवेशनको पक्षमा नरहेको स्पष्ट पार्न चाहन्छौं ।’
महामन्त्रीद्वय थापा र शर्माले पार्टीभित्र सल्लाह नै नगरेर नियमित १५औं महाधिवेशनको कार्यक्रम स्थगित गरेर विशेष महाधिवेशनका लागि भन्दै हल बुक गराएका छन् । उनीहरूको यो कार्यलाई पार्टी फुटाउन लागेको भनेर विरोध भइरहेको छ ।
कांग्रेस पार्टीलाई महामन्त्रीद्वय थापा र शर्माले फुटाउन लागेपछि उनीहरूलाई साथ दिएका नेता तथा कार्यकर्ताहरूले धमाधम साथ छोडिरहेका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया