कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयहरू
पौष १८, २०८२
प्रेस विज्ञप्ति
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा आज बस्यो । बैठकमा कार्यवाहक सभापतिले प्रस्तुत गर्नु भएका विभिन्न प्रस्ताव उपर छलफल गरी पारित गरिएको छ । पारित गरिएका प्रस्तावहरु देहाय बमोजिम रहेका छन् ।
बैठकको निर्णयहरु
(१) मिति २०८२ मंसिर १५ गते सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत् निर्णय गरी पार्टीको विधान बमोजिम महाधिवेशनको प्रकृया अघि बढी सकेको सबैलाई अवगत नै छ । यसरी नियमित १५ औं महाधिवेशनको कार्यतालिका बमोजिम आवश्यक प्रकृया अघि बढिसकेको सन्दर्भमा “विधान बमोजिम समयमै नियमित १५ औं महाधिवेशन वा सोही अवधिमा विशेष महाधिवेशन” गर्न भनी माग गरिएको विशेष महाधिवेशनको औचित्य २०८२ मंसिर १५ गतेदेखि नै स्वतः समाप्त भएको व्यहोरा स्पष्ट गरिन्छ ।
महाधिवेशनका लागि आवश्यक विभिन्न प्रकृया मध्ये क्रियाशील सदस्यता नवीकरण र नयाँ वितरण अनिवार्य पहिलो तयारी मानिन्छ । केन्द्रीय महाधिवेशनका लागि सबैभन्दा पहिले वडा अधिवेशन गर्नु पर्दछ र क्रियाशील सदस्य नै वडा अधिवेशनका पहिलो मतदाता रहेको व्यहोरा पनि अवगत गराइन्छ ।
एकातर्फ नयाँ क्रियाशील सदस्यता वितरण र नविकरण सम्बन्धी कार्य सम्पन्न गरी क्रियाशील सदस्यताको सूची केन्द्रीय कार्यसमितिमा निर्धारित कार्यतालिकाको समय भित्रै पेश गर्नु पर्नेमा हालसम्म पनि पेश नभएको अवस्था छ ।
अर्कोतर्फ २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिन पार्टीले निर्वाचन आयोगमा दल दर्ता गरी समानुपातिक निर्वाचन प्रणाली तर्फका उम्मेदवारको बन्दसूची सहित मनोनयन दर्ता गरी सकिएको छ । यस सन्दर्भमा पार्टीका केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्र, पालिका, वडा एवं टोल तहका समितिहरु तथा पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्था र विदेश स्थित नेपाली जनसम्पर्क समितिहरु एवं पार्टीका सदस्य, समर्थक र शुभेच्छुकहरुको सम्पूर्ण ध्यान यति बेला निर्वाचन केन्द्रीत हुनु पर्ने वर्तमान अवस्था छ ।
पार्टीका उल्लेखित सबै सांगठनिक संरचनामा आवद्ध सदस्य साथीहरु व्यापक परिचालित भई घोषित निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा बहुमत दिलाउन क्रियाशील रहन नेपाली कांग्रेस हार्दिक अपील गर्दछ ।
(२) माथि उल्लेखित कारणले गर्दा २०८२ मंसिर १५ गते सम्पन्न भएको बैठकले निर्धारण गरेको पार्टीको १५ औं महाधिवेशनको सबै तहको कार्यतालिका २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औं महाधिवेशन काठमाडौंमा हुने गरी देहाय बमोजिम संशोधन गरिएको छ ।
(क) नयाँ क्रियाशील सदस्यता सम्बन्धमा :
विवरण समय तालिका
(१) (१) एक मात्र निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची जिल्ला कार्यसमितिले प्रकाशित गरी केन्द्रमा पठाउने अवधि—
(२) दुई वा दुई भन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लामा वितरण भएको नयाँ क्रियाशील सदस्यताको सूची प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले प्रकाशित गरी जिल्ला कार्यसमितिमा र केन्द्रमा पठाउने अवधि—
(विगतमा विभिन्न कारणले पार्टी परित्याग गरेर स्वतन्त्र बनेका वा अन्य पार्टीमा गएर उम्मेदवार, प्रस्तावक वा प्रचारक बनेका साथीहरुलाई पार्टीमा फर्कनका लागि पार्टीले आह्वान गरेको र त्यसरी फर्किने साथीहरुलाई क्रियाशील सदस्यता प्रदान गरी सो को सूची समेत समावेश गरी पठाउनु पर्नेछ)
२०८२ माघ ३ गते भित्र
२०८२ माघ १० गते भित्र
(२) नयाँ क्रियाशील सदस्यता वितरण सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिमा परेका उजुरी उपर छानविन गरी निर्णय गर्ने र निर्णय अनुसारको सूची प्रकाशित गरी केन्द्रमा पठाउनु पर्ने अवधि— २०८२ माघ २० गते भित्र
(३) क्रियाशील सदस्यता प्रारम्भिक छानविन समितिले गरेको निर्णय उपर परेको पुनरावेदन र क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिमा क्रियाशील सदस्यता नयाँ र नवीकरण सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापति/कार्यवाहक सभापतिलाई बुझाउने अवधि— २०८२ फागुन ५ गते भित्र
(४) पार्टीका केन्द्रीय सभापति/कार्यवाहक सभापतिबाट प्रमाणित क्रियाशील सदस्यताको नामावलीको अन्तिम सूची केन्द्रीय निर्वाचन समितिलाई बुझाउने अवधि – २०८२ फागुन १० गतेभित्र
(ख) नवीकरण सदस्यता सम्बन्धमा :
(१) क्रियाशील सदस्यता नवीकरणको अन्तिम नामावली, जिल्ला कार्यसमितिको बैठकको निर्णय र रकम पठाउने अन्तिम अवधि—
(विगतको निर्वाचनमा पार्टीको उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध उम्मेदवार भएका, तिनका प्रस्तावक र समर्थक वा असहयोग गरी अनुशासन विपरीतका काम गरेकाहरूलाई केन्द्रीय अनुशासन समितिले गरेको निष्काशन, निलम्वन र पार्टीको विधान अनुसार स्वतः कार्वाहीमा परेकाहरुको बाँकी अवधि माफी/मिनाहा भएको र यसरी कार्वाही माफी÷मिनाहा भएका व्यक्तिहरुको पार्टीको वहाल रहेको पद नरहने गरी क्रियाशील सदस्यतालाई निरन्तरता कायम गरी क्रियाशील सदस्यता नवीकरण गर्ने निर्णय भएकोले सो अनुसार नवीकरण गर्ने)
२०८२ माघ ३ गते भित्र
(ग) अधिवेशन गर्न बाँकी रहेका नेपाली जनसम्पर्क समितिका सम्बन्धमा :
(१) क्रियाशील सदस्यता नयाँ र नवीकरणको नामावली केन्द्रमा पठाउने अवधि २०८२ माघ ७ गते भित्र
(२) केन्द्रबाट उक्त नामावली स्वीकृत गर्ने अवधि २०८२ माघ १५ गते भित्र
(३) अधिवेशन २०८२ माघ २९ गतेभित्र
(घ) केन्द्रीय महाधिवेशन र मातहतका निकायको अधिवेशनको कार्यतालिका
अधिवेशन : मिति
(क) गाउँ/नगर वडा अधिवेशन– २०८२ चैत्र २१ गते
(ख) गाउँ/नगरपालिका अधिवेशन– २०८२ चैत्र २५ गते
(ग) प्रदेश सभा क्षेत्रीय अधिवेशन – २०८२ चैत्र २८ गते
(घ) प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०८३ वैशाख २ गते
(ङ) दुई वा दुई भन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन – २०८३ वैशाख ५ गते
(च) प्रदेश अधिवेशन– २०८३ वैशाख १०, ११ र १२ गते
(छ) केन्द्रीय महाधिवेशन : २०८३ वैशाख २८, २९, ३० र ३१ काठमाडौं
(३) सदस्यता व्यवस्थापन केन्द्रीय समिति, क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति र केन्द्रीय निर्वाचन समितिले देहाय बमोजिमका कार्यहरु गर्नेछ—
३.१ “सदस्यता व्यवस्थापन केन्द्रीय समिति” ले तोकिएको समयभित्र नवीकरण र नयाँ क्रियाशील सदस्यताको सूची र प्रतिवेदन सभापति/कार्यवाहक सभापतिलाई बुझाउने
छ । सभापति/कार्यवाहक सभापतिबाट “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” लाई उपलब्ध गराइनेछ । सदस्यता व्यवस्थापन केन्द्रीय समितिको निर्णय प्रकृया सहमतिको आधारमा हुनेछ ।
३.२ “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” ले “सदस्यता व्यवस्थापन केन्द्रीय समिति” बाट सहमति भई आएको क्रियाशील सदस्यताको नयाँ र नवीकरणको सूची र प्रतिवेदन अध्ययन गरी क्रियाशील सदस्यता सम्बन्धी आएका उजुरी उपर छानविन गरी तोकिएको समयभित्र क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी “सदस्यता व्यवस्थापन केन्द्रीय समिति” लाई बुझाउनेछ र तत्कालै सदस्यता व्यवस्थापन केन्द्रीय समितिले पार्टी केन्द्रीय सभापति/कार्यवाहक सभापतिलाई बुझाउनु पर्नेछ । समितिको निर्णय प्रकृया सहमतिको आधारमा हुनेछ ।
३.३ केन्द्रीय सभापति/कार्यवाहक सभापतिले “क्रियाशील सदस्यता केन्द्रीय छानविन समिति” बाट सहमती भई प्राप्त भएका नयाँ र नवीकरण सदस्यताको सूची केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरी केन्द्रीय कार्यसमितिबाट अनुमोदन गर्नु पर्नेछ ।
३.४ केन्द्रीय कार्यसमितिले अनुमोदन गरेको नयाँ र नवीकरण सदस्यताको सूचीे “केन्द्रीय निर्वाचन समिति” लाई बुझाउनु पर्नेछ ।
३.५ “केन्द्रीय निर्वाचन समिति” ले केन्द्रीय कार्यसमितिबाट अनुमोदन भई प्राप्त भएका नयाँ र नवीकरणको सूचीको आधारमा महाधिवेशनको संशोधित कार्यतालिका बमोजिम पार्टीका निकायहरु— प्रदेश, जिल्ला, प्रतिनिधि सभा क्षेत्र, प्रदेश सभा क्षेत्र (क र ख), पालिका र वडा कार्यसमितिहरुमा पठाई सबै तहका अधिवेशन र केन्द्रीय महाधिवेशन सम्पन्न गर्नु पर्नेछ ।
(४) यो विशेष परिस्थितिमा नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४३ बमोजिम पार्टीको सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरुको पदावधि २०८३ ज्येष्ठ मसान्तसम्म थप गरिएको छ ।
आजको बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरु— फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी र जीवन परियार, केन्द्रीय सदस्यहरु— कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह के.सी., उमा रेग्मी, जीपछिरिङ लामा र सुजाता कोइरालाले आ–आफ्नो धारणा राख्नु भएको थियो ।
जय नेपाल !
कृष्णप्रसाद पौडेल
मुख्य सचिव
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया