गगनले नेताहरूविरुद्ध मुख छाड्न थाले, तनाब भएपछि सम्हालिन सकेनन्

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रवक्ता डा.प्रकाशशरण महतलाई मुख छाडेर अभिव्यक्ति दिएका छन् ।

शुक्रबार पार्टी कार्यालय, सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि पत्रकारहरूसँग बोल्ने क्रममा थापाले डा.महतलाई धेरै बकबक नगर्न चेतावनी दिए ।

डा.महतले पार्टी गतिविधिका विषयमा पत्रकारहरूलाई प्रवक्ताको हैसियतमा जानकारी गराएका थिए । डा.महतले जानकारी गराएको विषय थापालाई मन नपरेपछि रिसाएका छन् ।

महामन्त्री थापाले प्रवक्ता डा.महतलाई बैठकमा चुप लागेर बस्ने तल आएर धेरै बकबक नगर्न चेतावनी दिए ।

थापाले भने, ‘मैले उहाँलाई भरखर पढाएर आएको, माथि चुप लागेर बस्ने तल आएर बोल्न हुँदैन । कि मलाई माथि नै प्रश्न गर्नुपथ्र्यो । मैले आज उहाँलाई पाँचौँ पटक पढाएको ।’

महामन्त्री थापाले कांग्रेसलाई विभाजन गर्न गतिविधि गरिरहेका छन् । थापाले आफ्नै पार्टीका नेताहरूविरुद्ध तल्लोस्तरमा उत्रिएर बोल्न थालेका छन् । निकै तनाबको अवस्थामा देखिएका महामन्त्री थापाले आफूलाई सम्हाल्न नसकेपछि प्रवक्ता डा.महतविरुद्ध अभिव्यक्ति दिएका छन् ।

महाधिवेशनको विवाद चर्किँदै जाँदा महामन्त्री थापा र प्रवक्ता वडा.महतबीच पछिल्लो समय सवाल जवाफ चलिरहेको छ ।

Published : Friday, 2026 January 2, 8:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया