समिमद्वारा ‘राष्ट्र निर्माण दल’ घोषणा
काठमाडौं । एमालेका तत्कालीन नेता समेत रहेका मुस्लिम आयोगका पूर्वअध्यक्ष समिम मियाँ अन्सारीको नेतृत्वमा ‘राष्ट्र निर्माण दल’ घोषणा भएको छ ।
शुक्रबार काठमाडौंमा विशेष कार्यक्रम गरेर अन्सारीले पार्टीको औपचारिक घोषणा गरिएका हुन् । अध्यक्ष अन्सारीले राष्ट्र निर्माण दल अन्य राजनीतिक दलभन्दा फरक विचार र उद्देश्यका साथ अगाडि बढ्ने बताए ।
अन्सारीले पार्टीको मुख्य लक्ष्य जनताको हित र राष्ट्र निर्माणमा केन्द्रित रहने बताए । उनले पार्टी कुनै व्यक्तिगत स्वार्थ वा फाइदाका लागि गठन नगरिएको बताए ।
सबै भूगोल, जातजाति र समुदायलाई समेटेर समावेशी बनाइएको अध्यक्ष अन्सारीले बताए । पार्टीको चुनाव चिन्ह पानीको बोतल प्रस्ताव गरिएको उनले बताए ।
‘अन्य पार्टीको तुलनामा यो पार्टीको फरक विचार छ । यो पार्टीको उद्देश्य जनताको हितमा काम गर्ने हो,’ उनले भने, ‘देशको हितमा काम गर्ने, राष्ट्रको निर्माणका लागि काम गर्ने हो ।’
अध्यक्ष अन्सारीले भने, ‘कुनै व्यक्तिगत स्वार्थ र व्यक्तिगत फाइदाका लागि पार्टी गठन गरिएको होइन । हामी सबै भुगोल, सबै जातजाति र सबै समुदायलाई समेटेर पार्टीलाई समावेशी बनाएका छौँ ।’
‘हामी छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई बढीभन्दा बढी मजबुत बनाउँदै उहाँहरूको सहयोगमा मुलुकको विकासमा लाग्नेछौँ,’ अन्सारीले भने, ‘हामीले सबै छिमेकी मलुकहरूसँग मित्रता कायम गर्नेछौँ ।’
अध्यक्ष अन्सारीले छिमेकी मुलुकहरूसँगको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउँदै उनीहरूको सहयोगमा देशको विकासमा लाग्ने बताए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया