जाँचबुझ आयोगद्वारा अनुरोध सहित सभापति देउवा र संयोजक दाहालसँग राय, सुझाव माग
काठमाडौं । भदौ २३ र २४ गतेको घटनाको अनुसन्धान गर्न गठित जाँचबुझ आयोगले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)सँग धारणा मागेको छ ।
जेनजी आन्दोलनमा भएको दमन तथा भदौ २३ र २४ गतेको विध्वंसबारे देउवा र दाहालसँग आयोगले लिखित रूपमा आफ्नो धारणा राखिदिन आग्रहसहित पत्र पठाएको हो ।
स्रोतका अनुसार आयोगले अनुरोधसहित पठाएको पत्र सभापति देउवा र संयोजक दाहालले बुझेका छन् । आयोगले दुवैजनासँग बयान नभई धारणा मात्रै मागेको जनाएको छ ।
सभापति देउवा र कांग्रेस नेतृ डा.आरजु राणालाई भदौ २४ गते हत्या गर्ने उद्देश्यले सांघातिक आक्रमण भएको थियो । देउवा दम्पत्ति गम्भीर घाइते भएका थिए ।
तत्कालीन नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहाल भने निवासमा आक्रमण हुनुभन्दा पहिला नै सुरक्षित स्थानमा भागेका थिए । सुरक्षित स्थानमा गएका कारण दाहाललाई केही भएको छैन ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया