गगन–विश्वद्वारा कांग्रेसको अनुशासन उल्लंघन, हदैसम्मको कारबाही माग, दिएको जिम्मेवारीबाट भागे
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको हित र आचरण विपरीतको कार्य गर्दै अनुशासनहीन कार्य गरेका छन् ।
बिहीबार महामन्त्रीद्वय थापा र शर्माले संयुक्त रुपमा सूचना जारी गरेर १५औं महाधिवेशन स्थगित गरेका छन् । उनीहरूले भनेका छन्, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यासमितिको मंसिर १५ गते सम्पन्न बैठकले निर्धारण गरेको नियमित महाधिवेशनको कार्यतालिका आगामी बैठकबाट अनुमोदन गर्नेगरी यसै सूचनामार्फत स्थगित गरिएको जानकारी गराइन्छ ।’
कार्यबाहक सभापति पूर्णबहादुर खड्का र पदाधिकारी तथा सभापति शेरबहादुर देउवासँग समेत परामर्श नगरेर महामन्त्रीद्वय थापा र शर्माले महाधिवेशन स्थगित गरेपछि गम्भीर प्रश्न उठेको छ । महामन्त्रीद्वय थापा र शर्माको यो हदसम्मको अराजक गतिविधिप्रति पार्टी नेतृत्व गम्भीर बनेको छ । थापा र शर्माले गरेको कार्य कांग्रेसलाई फुटतिर लगेको छ । उनीहरूले कांग्रेसलाई विभाजन गर्न लागेका छन् भन्ने सन्देश दिएका छन् ।
महामन्त्रीद्वय थापा र शर्माले कांग्रेसको हित विपरितको कार्य गरेको आरोप छ । थापा र शर्मालाई पार्टी अनुशासनको कारबाही माग उठेको छ ।
शुक्रबार कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् । बैठकमा महामन्त्रीद्वय थापा र शर्माको अनुशासनहीन तथा विधान विपरितको हर्कतको बारेमा छलफल हुनेछ । सभापति देउवाले कार्यबाहक सभापतिको जिम्मेवारी दिएर आफू घरमा बसेका छन् । आफूलाई भेट्न आउने देशभरिका नेता तथा कार्यकर्तासँग भेट गरेर १५औं महाधिवेशन र निर्वाचनमा केन्द्रित हुन सल्लाह दिइरहेका छन् ।
थापा र शर्माले जिम्मेवारी अनुसार काम गर्न कसकेका छैनन् । जिम्मेवारीबाट भाग्न सभापति देउवासहितका नेताहरूलाई आक्षेपहरू लगाइरहेका छन् । अहिले आएर थापा र शर्माले अनुशासनहीन कार्यको हदपार गरेका छन् ।
देशभरिका नेता तथा कार्यकर्ताहरूले महामन्त्रीद्वय थापा र शर्मालाई अनुशासनको कारबाही गर्न माग गरेका छन् । थापा र शर्मा मिडिया र सामाजिक सञ्जालमा लोकप्रिय छु भन्दैमा कांग्रेस जस्तो पार्टीमा आफू खुसी विधान विपरितको कार्य गर्ने छुट छैन ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया