गगन–विश्वले पार्टी अनुशासन विपरितको कार्य गरेपछि कांग्रेसद्वारा कार्यसम्पादन बैठक आह्वान
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नियमित १५औं महाधिवेशन रोकेपछि सो विषयमा छलफल गर्न कार्यबाहक सभापति पूर्णबहादुर खड्काले कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
शुक्रबार पुस १८ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बैठक पार्टी कार्यालय, सानेपामा बस्नेछ ।
महामन्त्रीद्वय थापा र शर्माले एकतर्फी रुपमा नियमित १५औं महाधिवेशनलाई रोकेका छन् । उनीहरूले विशेष महाधिवेशन गर्ने भनेर हल समेत बुक गरेका छन् । उनीहरूको गतिविधिका बारेमा छलफल गर्न कांग्रेसको बैठक बस्न लागेको छ ।
महामन्त्रीद्वय थापा र शर्माले पार्टीको अनुशासन विपरितको कार्य गरेको टिप्पणी भएको छ । उनीहरूले पार्टी नेतृत्वसँग सल्लाह नै नगरेर महाधिवेशन रोकेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया