हिमालयन जाभामा गगन, विश्व, प्रदीप र सबुजको गोप्य बैठक
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफू निकटका नेताहरूसँग महाराजगञ्जमा गोप्य वार्ता गरेका छन् ।
बिहीबार बिहान करीव ९ बजेदेखि १० बजेसम्म काठमाडौंको महाराजगञ्ज, बाँसबारीस्थित हिमालयन जाभामा महामन्त्री थापाले अर्का महामन्त्री विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य प्रदीप पौडेल, काठमाडौं कांग्रेसका सभापति कृष्णसबुज बानियाँ, रमेश खड्का लगायतका सीमित नेताहरूसँग गोप्य बैठक गरेका हुन् ।
पार्टी विभाजनको गतिविधि गरिरहेका महामन्त्रीद्वय थापा र शर्माको गतिविधि नजिकबाट नियाली रहेका सभापति शेरबहादुर देउवासँग भेट्न थापा र शर्मालाई भेट्न अस्वीकार गरेका थिए । आफूले कार्यबाहक सभापतिको जिम्मेवारी दिएर बसेको हुँदा महामन्त्रीद्वयसँग भेट्न आवश्यक नरहेको भन्दै कार्यबाहक सभापति पूर्णबहादुर खड्कासँग परामर्श गरेर अगाडि बढ्न सुझाव दिएका थिए ।
हिमालयन जाभाको गोप्य बैठकमा कांग्रेसलाई विभाजन गर्न विशेष महाधिवेशन आह्वान गर्ने विषयमा कुराकानी भएको स्रोतले जनाएको छ । हिमालयन जाभाको सोही गोप्य बैठकपछि महामन्त्री थापाले प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपको हल बुक गर्न रमेश धमलालाई पठाएका थिए ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया