तत्कालीन गृहमन्त्री लेखकमाथि लगाइएको प्रतिबन्ध फुकुवा

काठमाडौं । तत्कालीन गृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलाई लगाइएको प्रतिबन्ध फुकुवा भएको छ ।

भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकमाथि लगाएको भ्रमण प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।

बिहीबार आयोगको सचिवालयले सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौं उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको जानकारी दिएको छ ।

यसअघि अनुसन्धानको सिलसिलामा आयोगले असोज १२ गते लेखकलाई आयोगको अनुमतिबिना उपत्यका बाहिर जान र विदेश भ्रमण गर्न रोक लगाउने निर्णय गरेको थियो ।

घटनाको छानबिनका क्रममा आवश्यक कार्य सम्पन्न भइसकेकाले उक्त प्रतिबन्ध हटाउने निर्णय भएको आयोगकी शाखा अधिकृत रेश्मा बुढा क्षेत्रीले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

Published : Thursday, 2026 January 1, 6:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया