निर्वाचनमा सुरक्षित हुन प्रचण्ड कालीकोट प्रस्थान

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)लाई कालीकोट जिल्लामा निर्वाचनमा उम्मेदवार बन्न प्रस्ताव आएको छ ।

नेकपा कालीकोटले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि प्रत्यक्षतर्फ दाहालको नाम एकल सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको छ ।

कालीकोटमा शान्ति प्रक्रियापछि लगातार माओवादीले जित्दै आएको छ । ०७९ मा कालीकोटबाट माओवादीका महेन्द्रबहादुर शाही निर्वाचित भएका थिए । कालीकोट कर्णालीमा साविक माओवादीको जनाधार भएको जिल्ला पनि हो ।

प्रचण्ड धेरै निर्वाचन क्षेत्रहरू परिवर्तन गरिसकेका छन् । प्रचण्डलाई फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन जित्न निकै कठिन अवस्था रहेको छ । निर्वाचनमा सुरक्षित हुन प्रचण्ड माओवादीको कथित किल्ला मानिने कालीकोटमा उम्मेदवार बन्न लागेका छन् ।

यसअघि, प्रचण्ड रोल्पा, काठमाडौं, सिरहा, चितवन र गोरखाबाट उम्मेदवार बनेका थिए । काठमाडौं १० मा प्रचण्डले एक पटक जिते पनि अर्को पटक पराजय व्यहोर्नु परेको थियो ।

Published : Thursday, 2026 January 1, 5:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया