सिकार खेल्न गएका बेला प्रचण्ड देवको मृत्यु भएपछि ५ जन हतियारसहित पक्राउ
बारेकोट । जिल्ला प्रहरी कार्यालय, जाजरकोटले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ ।
पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका वडा नं. ८ का ३६ वर्षीय प्रचण्डदेव सिंहसहित छ जना सिकार खेल्न गएकामा प्रचण्ड देवको मृत्यु भएको थियो । प्रचण्ड देवको मृत्यु भएपछि पाँच जनालाई अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको जनाएको छ ।
अनुसन्धानका क्रममा घटनास्थल नजिक खाल्डोमा भरुवा बन्दुकसहितका हातहतियार फेला परेपछि बारेकोट गाउँपालिका–८ का ४५ वर्षीय ईन्द्रबहादुर सिंह, ५४ वर्षीय मीमबहादुर सिंह, २४ वर्षीय राजीव शाही, ४४ वर्षीय जनक कार्की र १९ वर्षीय लालबहादुर सिंहलाई पक्राउ गरिएको जाजरकोट प्रहरीले जनाएको छ ।
अभियुक्तहरूबाट तीन थान भरुवा बन्दुक, दुई थान फलामको चक्कु, १३५.१८ ग्राम बारुद र २१ थान भरुवा बन्दुकमा प्रयोग हुने धातुका टुक्रा बरामद भएका छन् ।

बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया