लौकहीमा विजय साहको गोली हानेर हत्या
इटहरी । सुनसरीको कोशी गाउँपालिकामा गोली प्रहार गरी एक जनाको हत्या भएको छ ।
बिहीबार बिहान १ बजे लौकहीको पुरी टोलमा कोशी गाउँपालिका वडा नं. १ का ४५ वर्षीय विजय साहको हत्या भएको हो ।
साहको हत्या भएपछि स्थानीयले त्यस क्षेत्रमा विरोध प्रदर्शन गरेका छन् । घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारवाही तथा पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग प्रदर्शनकारी आफन्तहरूको रहेको छ ।
जिल्ला प्रहरी कार्यालय, सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काले घटनाको अनुसन्धान भइरहेको बताएका छन् ।
खड्काका अनुसार घटनास्थलबाट २ वटा गोलीको खोका फेला परेको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको उनले जानकारी दिए । घटनास्थल सशस्त्र प्रहरी बेस क्याम्प बीओपी लौकही नजिकैको रहेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया