आईजीपी कार्कीद्वारा बुढीगंगाका अति विपन्न सर्वसाधारणहरूलाई न्यानो कपडा वितरण

विराटनगर । तराईका जिल्लाहरूमा चिसो बढेर अति विपन्न सर्वसाधारण समस्यामा परेका बेला नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्कीले न्यानो कपडा वितरण गरेका छन् ।

बुधबार मोरङको बुढीगंगा गाउँपालिकाको विभिन्न वडाका नागरिकहरूलाई आईजीपी कार्कीले न्यानो कपडा वितरण गरेका हुन् । कार्कीले अति विपन्न नागरिकहरूलाई प्रहरीले सकेको सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

तराईका जिल्लाहरूमा चिसो बढेपछि सर्वसाधारणहरू समस्यामा परेका छन् । प्रहरीले अति विपन्नलाई सहयोग गर्न न्यानो कपडा वितरण गरेको छ ।

Published : Wednesday, 2025 December 31, 7:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया