सुशीला सरकार सेनाले बनाएको हो, परराष्ट्रमन्त्री पनि सेनाकै मान्छे बने : विश्लेषक दाहाल
काठमाडौं । राजनीतिक विश्लेषक विष्णु दाहालले अन्तरिम सरकारले नेपाली सेनाले पनि अपनत्वका लागि भाग लिएको टिप्पणी गरेका छन् ।
ग्लोबल टिभीसँगको अन्तर्वार्ताका क्रममा दाहालले नेपाली सेनाका पूर्वरथीलाई परराष्ट्रमन्त्री बनाउनु भनेको सेनाको संरक्षणमा बनेको वर्तमान सरकार सैनिक कुटनीतिमा लागेको बताए ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आउने बेला नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई परराष्ट्रमन्त्री बनाएर के सन्देश दिन खोजेको हो भनेर दाहालले प्रश्न गरेका छन् ।
उनले भने, ‘परराष्ट्रमन्त्री नेपाली सेनाका पूर्व रथी भएका छन् । त्यो प्रकरण सामान्य छ ? यसलाई सैन्य कुटनीति भन्छौं हामी ।’
‘सैन्य कुटनीतिमा गयो अब सरकार । परराष्ट्र मन्त्री खाली थियो । प्रधानमन्त्रीले हेरी रहनु भएको थियो,’ दाहालले भने, ‘चुनावको नजिक आएर प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाका पूर्वरथीलाई परराष्ट्रमन्त्री बनाउनुभयो ।’
‘अहिले कुटनीतिक शून्यता छ । सैन्य कुटनीतिको बाटो हो । सेनाले सरकारकोमा आफ्नो ठाउँ खोजेको हो, अपनत्व खोजेको हो,’ राजनीतिक विश्लेषक दाहालले भने ।
प्रश्न गर्दै उनले भने, ‘सेनाकै सरकार त हो । सेनाले बनाएको सरकार होइन र ? अरु कसको हो त ? पछि दलहरू त्यहाँ गएर जोडिएको त हो । सञ्चार, सूचना तथा प्रविधिमन्त्री पहिला नै रास्वपाको कार्यकर्ता त होइन नि ? सेना र बालेनले खोजेर ल्याएको होइन त ? पछि पो उहाँ रास्वपा भएको हो । सेनाको रेखदेखको सरकार हो । भद्रकालीमा नै सम्झौता भएको होइन र ?’
‘चिकेन नेकको सम्वेदनशीलताले गर्दा परराष्ट्रमन्त्री नेपाली सेनाका पूर्वरथीलाई बनाइएको छ,’ उनले भने ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया