रवि–बालेन–कुलमानको समानुपातिक सूचीको दोस्रो नम्बरमा करोडपति व्यापारी विदुषी राणाको नाम

काठमाडौं । गोल्डस्टार जुत्ता अर्थात् किरण सुज म्यानुफ्याक्चर्सकी कार्यकारी निर्देशक विदुषी राणालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक उम्मेदवारको बन्द सूचीमा राखेको छ ।

काठमाडौंको धुम्बाराहीमा मुख्य कार्यालय र उद्योग रहेको किरण सुजले गोल्डस्टारको जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । राणा सो कम्पनीको कार्यकारी निर्देशक हुन् । करोडपति व्यापारी राणालाई रास्वपाको समानुपातिकतर्फको उम्मेदवारका लागि बन्दसूचीमा राखेको छ ।

रास्वपाका सभापति रवि लामिछाने, नेता बालेन्द्र साह (बालेन) र नेता कुलमान घिसिङबीच भएको सहमतिमा व्यवसायी राणालाई खस आर्य महिलातर्फको सूचीमा नाम राखिएको छ ।

रास्वपाले बुझाएको खस आर्य समूहको महिलातर्फ दोस्रो नम्बरमा व्यवसायी राणाको नाम छ ।

Published : Tuesday, 2025 December 30, 9:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया