प्रथम केएमसी वार्ड चेयरम्यान चेस प्रतियोगिता हुने
काठमाडौं । प्रथम केएमसी वार्ड चेयरम्यान कप ओपन फिडे रापिड रेटिङ चेस प्रतियोगिता हुने भएको छ ।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । काठमाडौं वडा नं. २९ का वडाध्यक्ष कुश ढकालले प्रेस विज्ञप्ति जारी गर्दै माघ १६ र १७ गते सञ्चालन हुने चेस प्रतिस्पर्धामा ३३ जना खेलाडीहरू सहभागी हुने बताए । उनले खेलाडीहरूलाई कुल नगद पुरस्कार ३ लाख २८ हजार प्रदान गर्ने जानकारी दिए ।
वडाध्यक्ष ढकालले सर्वाधिक नगद पुरस्कार प्रदान गरिने बुद्धिचाल प्रतियोगितामा नेपालका शीर्ष खेलाडी लगायत विदेशी खेलाडीको सहभागिता रहने बताए ।
वडा नं. २९ ले नागरिकको सर्वोपरी हितलाई ध्यानमा राख्दै लैङ्गिक हिंसाविरुद्धको सचेतना, गुनासो सुनुवाई, पूर्वाधार र सम्पदा क्षेत्रको विकास, वरिष्ठ ज्येष्ठ नागरिक भत्ता वितरण, मनको व्यवस्थापन कला माइन्ड मानेजमेन्ट, विशेष सरसफाई, महिला सशक्तिकरण, राजस्व ऐन तथा आर्थिक विधेयक मस्यौदा तयार, लाखे जात्रा तथा समयबजी व्यवस्थापन, वातावरण मैत्री झोला प्रवर्द्धन, विपन्न विद्यार्थी छात्रवृत्ति लगायतका कार्य गर्दै आइरहेको जानकारी गराएका छन् ।
केही समय अगाडि वडा नं २२ ले शहीद सुरज शाक्य स्मृति महानगरपालिकास्तरीय अन्तर वडा बुद्धिचाल प्रतियोगितामा सहभागी जनाएको स्मरण गर्दै वडा नं. २९ ले खुल्ला चेस आयोजना गरि खेलाडी हितको काम थालेको बताएका छन् ।
वडा सदस्य एवं कार्यक्रमका संयोजक सन्तोष ढुंगेलका अनुसार प्रतियोगिताका विजेता खेलाडीले नगद पुरस्कार रु.३५ हजार, द्वितीयले रु.३० हजार, तृतीयले रु. २५ हजार, चौथो हुने खेलाडीले नगद रु.२० हजार प्राप्त गर्नेछन् ।
पाँचौं स्थानदेखि सातौं स्थानसम्म आउने खेलाडीले समान नगद पुरस्कार जनही रु. १७ हजार प्राप्त गर्ने जानकारी गराएका छन् । आठौंदेखि दशौं हुने खेलाडी जनही १५ हजार, एघारौंदेखि पन्ध्रौंसम्मकाले जनही ७ हजार पुरस्कार हात पार्नेछन् ।
उत्कृष्ट महिला विधातर्फ प्रथमले ७ हजार, द्वितीयले ६ हजार, तृतीयले ५ हजार पाउने छन् । बेस्ट अनरेटेड प्रथमले ५ हजार, दोस्रो ४ हजार, तृतीय ३ हजार, बेस्ट भेटरान प्रथमले ५ हजार, द्वितीय ४ हजार, तृतीयले ३ हजार पाउनेछ ।
उत्कृष्ट युवा १४ वर्ष, युवा १२ वर्ष, युवा १० वर्षका खेलाडी, रेटिङ १८०० मुनि, रेटिङ १६०० मुनिका प्रथम द्वितीय तथा तृतीय हुनेले पनि नगर पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन् ।
डिल्लीबजारस्थित २९ नम्बर वडाको आफ्नै भवनमा सञ्चालन हुने स्पर्धाका निर्देशक ईन्द्रकुमार बस्नेत रहेका छन् । प्रतियोगिताको प्रमुख निर्णायक फिडे निर्णायक एफए सोराज ताम्राकारले स्वीस लिग नौ चरणको खेल १० मिनेट १० सेकेन्ड इनक्रिमेन्ट खेलाइने बताए । प्रतियोगिताको व्यवस्थापन थापाथली चेस पार्क क्लबले गर्नेछन् ।
बिचार/ब्लग
कसले दियो बालेनलाई ८ करोडको डिफेन्डर ?
ईश्वर अर्याल
कांग्रेसले केन्द्रीय समितिबाट बुधबार गरेका निर्णयहरू
नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया