भदौ २३ र २४ को घटना नेपालको पक्षमा छैन, बुख्याचाहरूको भिडले गरेको हो : कांग्रेस नेता विश्वकर्मा
काठमाडौं । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थायी राजनीतिक दलहरूलाई अस्थायी झुन्डहरूले परास्त गर्न नसक्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता विश्वकर्माले एमालेको महाधिवेशनले स्पष्ट दुई सन्देश दिएको बताए । उनले भने, ‘एमालेको ११ औँ महाधिवेशनले स्पष्ट दुई सन्देश दिएको छ । पहिलो अस्थायी रूपमा त्रास दिनेहरू विरुद्ध राजनीतिक दलहरू जुरमुराए भन्ने सन्देश छ ।’
कांग्रेस नेता विश्वकर्माले भने, ‘दोस्रो स्थायी राजनीतिक दलहरूलाई अस्थायी झुन्डहरूले परास्त गर्न सक्दैनन् भन्ने सन्देश दिएको छ ।’
नेता विश्वकर्माले एमाले र कांग्रेसमा आस्था राख्नेहरूमाथि झुक्याइ–झुक्याइ आक्रमण भइरहेको बताए ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछिको घटनाबारे धारणा राख्दै अहिले नेपालीहरू आगो लागेको घरबाट बाहिर निस्केको बताए ।
‘हामी आगो लागेको घरबाट बाहिर निस्केका छौँ । आगो निभेको छैन,’ विश्वकर्माले भने । उनले मुलुकमा लागेको आगो निभाउनुनै अहिलेका लागि कांग्रेस एमालेको कर्तव्य भएको बताए ।
भदौ २३ र २४ को घटना नेपाल र नेपालीको पक्षमा नरहेको बताउँदै विश्वकर्माले त्यो घटना विचारविहीन बुख्याचाहरूको भिडले निम्त्याएको बताए । उनले कांग्रेस मुद्दासँग सहकार्य गर्ने भन्दै मुद्दाका पक्षमा सहकार्य गर्न प्रस्ताव आग्रह गरेका छन् ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया