आईजीपी कार्कीद्वारा बसन्तपुरबाट ‘हाम्रो प्रहरी’ कार्यक्रमको सुरुवात
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले सामुदायिक प्रहरी साझेदारीअन्तर्गत ‘हाम्रो प्रहरी’ कार्यक्रमको सुरुवात गरेको छ ।
आईतबार काठमाडौं महानगरपालिका वडा नं. २३ बसन्तपुरमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा हाम्रो प्रहरी अभियानको सुरुवात भएको हो । कार्यक्रमको अध्यक्षता काठमाडौं महानगरपालिका वडा नं. २३ का वडाध्यक्ष मचाराजा महर्जनले गरेका थिए ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उप–प्रमुख सुनिता डंगोल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की, काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, संगीतकार योगेश्वरप्रसाद अमात्य, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको उपस्थिति रहेको थियो ।
आईजीपी दानबहादुर कार्कीले प्रहरी कार्यालयको पुनःसम्भार र पुनःस्थापनामा सहयोग गर्ने प्रतिनिधिमूलक रुपमा ५१ जना व्यक्तिहरूलाई सम्मान स्वरुप कदर पत्र प्रदान गरेका छन् ।
काठमाडौंका सबै क्षेत्रको प्रतिनिधित्व गर्ने गरी कक्षा १२ मा अध्ययनरत १६ जना विद्यार्थीलाई प्रहरी सद्भावना दूत टीम घोषणा गरी व्यानर प्रदान गरिएको छ ।
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया