गगनद्वारा आफ्नै ७८ वर्षीय जेनजी ससुराको नाम समानुपातिक सूचीको पहिलो नम्बरमा सिफारिस गर्न दवाव
काठमाडौं । नयाँ नेतृत्व र युवा पुस्ताको कुरा उठाउँदै आएका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ ससुरा ७८ वर्षीय अर्जुन नरसिंह केसीको नाम पहिलो नम्बरमा सिफारिस गरेका छन् ।
विशेष महाधिवेशन गरेर नेतृत्व हत्याउन गतिविधि गरिरहेका र कांग्रेसलाई राष्ट्रिय राजनीतिमा प्रवेश गर्न नदिएर अबरोध सिर्जना गरिरहेका महामन्त्री थापाले आफ्नै ससुरालाई समानुपातिकमा पहिलो नम्बरमा सिफारिस गरेपछि परिवर्तन र सुशासनको नाराले हावा खाएको छ । ससुरा मोहभन्दा बाहिर जान नसकेपछि महामन्त्री थापा भनेर पछाडि लागेका नेता, कार्यकर्ताहरूले अब के गर्ने हुन् ? प्रश्न उठेको छ ।
महामन्त्री थापाको ससुरा मोहले गर्दा नेपाली कांग्रेसमा संघर्ष गरेका लाखौं नेता तथा कार्यकर्ताहरू चकित परेका छन् । थापाले ससुरा केसीलाई एक नम्बरमा राखेर निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची पठाउन दवाव दिएको एक नेताले बताए । महामन्त्री थापाले आफ्नो तर्फबाट बुझाएको सूचीमा ससुरा केसीको नाम पहिलो नम्बरको सूचीमा रहेको एक पदाधिकारीले बताए ।
नुवाकोट जिल्ला निवासी केसी प्रतिनिधि सभा निर्वाचनमा पराजित हुने डरले जवाइँ महामन्त्री थापाको शक्ति लगाएर समानुपातिकको पहिलो नम्बरमा बस्न लागेका छन् । कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री केसी पार्टीभित्र सबैभन्दा धेरै अवसर पाउने नेताको सूचीभित्र पर्छन् ।
भदौं २३ र २४ गते जेनजी आन्दोलन भएको थियो । आन्दोलनबाट ठूलो जनधनको क्षति भएको छ । जेनजी आन्दोलनले युवापुस्ताको माग गरेको छ । महामन्त्री थापाले पनि जेनजी पुस्ताको मागअनुसार अगाडि बढ्नै भन्दै सभापति शेरबहादुर देउवाविरुद्ध निरन्तर प्रहार गरिरहेका छन् । झण्डै ८० वर्ष पुग्न लागेका आफ्ना ससुरालाई महामन्त्री थापाले जेनजी देखेर समानुपातिकको पहिलो नम्बरमा राखेर सिफारिस गरेका छन् । तर, सभापति देउवालाई भने नेतृत्व छाड्नुपर्छ भनेर विशेष महाधिवेशनको नाममा बबण्डर मच्चाइरहेका छन् ।
जबकि सभापति देउवाले १५औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार नबन्ने घोषणा गरिसकेका छन् । निर्वाचन अगाडि आफ्ना ससुराखलक र परिवारजनहरूलाई समानुपातिकका साथै टिकट वा अवसर दिन सहज होस् भनेर नेपाली कांग्रेसको सभापति बन्न खोजेको महामन्त्री थापाको चाहना अहिले आएर प्रष्ट भएको छ ।
प्रत्यक्षमा उम्मेदवार बन्दैन भनेर नेता केसीले केही दिन अगाडि घोषणा गरेका थिए । यस पटक निर्वाचन जित्न नसक्ने भएपछि सुरक्षित हुन जवाईको शक्तिको आडमा समानुपातिकमा बस्नको लागि रहेको कुरा अहिले आएर खुलेको छ । ७८ वर्षीय केसीले समानुपातिकमा पनि बस्दैन भन्नु पर्ने थियो । महामन्त्री थापाले पनि आफ्नै ससुराको नाम पहिलो नम्बरमा राखेर सिफारिस गर्न हुँदैन थियो । महामन्त्री थापाको पछाडि लागेका नेता तथा कार्यकर्ताहरू ससुराका लागि मरिहत्ते गरेका हुन् त ?
बिचार/ब्लग

फेसबुकबाट तपाईको प्रतिक्रिया